• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मिडिया प्रतिवेदन भन्छ– नियन्त्रणमा लिइएका ४ हजार जना काश्मीर बाहिरको हिरासतमा

64x64
नेपाल लाइभ सोमबार, भदौ २, २०७६  १८:००
1140x725

श्रीनगर- दुई हप्ताअघि ५ अगस्टमा केन्द्रको भाजपा सरकारद्वारा जम्मू-काश्मीरले पाउँदै आएको विशेष राज्यको अधिकार खोसियो। संविधानको धारा ३७० द्वारा उपलब्ध उक्त अधिकार खारेज गर्ने निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। उक्त दिनपछि हालसम्म हजारौं मानिसलाई अशान्ति फैलाउने र विरोधमा उत्रने आशंकामा हिरासतमा लिइएको पाइएको छ। 

अन्तराष्ट्रिय सञ्चारमाध्यम एएफपीले आज प्रकाशित गरेको एक प्रतिवेदनमा मोदी सरकारले गैरकानुनी रुपमा हजारौंलाई काश्मीर विवादमा गैरन्यायिक नियन्त्रणमा लिएको हो। एएफपीसँगको कुराकानीमा एक सरकारी अधिकारी (मजिष्ट्रेट) ले आफ्नो नाम गोप्य राख्ने सर्तमा यो अवधिमा ४ हजार मानिस गिरफ्तारीमा परेको बताए। उनीहरुलाई जनसुरक्षा अधिनियम (पिएसए) को आधार देखाउँदै नियन्त्रणमा लिइएको हो। 

जनसुरक्षा अधिनियम एक विवादित कानुन हो। यसमा कुनै पनि नागरिकलाई नियन्त्रणमा लिएर २ वर्षसम्म कुनै आरोपको सुनुवाइ वा अनुसन्धानका लागि भन्दै हिरासतमा राख्न पाइने व्यवस्था छ।

 ‘यसरी पक्राउ गरिएका अधिकांश नागरिकलाई काश्मीरको जेलभन्दा बाहिर राखिएको छ,’ सरकारी अधिकारीले भने, ‘किनकि यहाँको जेलको क्षमता थोरै रहेको छ।’

उनका अनुसार यो संख्या राज्यले आफ्ना सहयोगीमार्फत संकलन गरिरहेको छ। प्रशासनले सञ्चारमाध्यममा पूर्ण रुपमा रोक लगाए पनि आफू भने स्याटेलाइट फोनको प्रयोग गरिरहेको छ। सरकारले उपलब्ध गराएको उक्त फोनको माध्यमबाट उक्त क्षेत्रमा सरकारी निकायहरुले केन्द्र सरकारसँग सूचना उपलब्ध गराइरहेका छन्। 

तर प्रशासनले यसरी हिरासतमा लिएका व्यक्तिहरुको आधिकारिक तथ्यांक भने सार्वजनिक गर्न अस्विकार गर्दै आएको छ। प्रशासनले केवल एक सय जनासम्म राजनेता र कार्यकर्ताहरु तथा बुद्धिजीवीलाई हिरासतमा लिएको पुष्टि गर्दै आएका छन्। 

५ अगस्टअघि र पछिका दिन यसरी मानिसहरुलाई हिरासतमा लिइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी अधिकारीहरु भने यस क्षेत्रमा शान्ति कायम गराउने प्रयासका लागि केही व्यक्तिलाई मात्र नियन्त्रणमा लिएको भन्दै आएका छन्। ‘पछिल्ला तीन दशकदेखि संघर्ष गर्दै आएका व्यक्तिहरुलाई मात्र शान्ति कायम गर्न सरकारी पक्षबाट हिरासतमा लिइएको छ,’ एक सरकारी अधिकारीले भने। 

जम्मू-काश्मीरका राज्यपालका प्रवक्ता रोहित कंसलले हिरासतमा रहेका व्यक्तिको कुनै पनि आधिकारिक जानकारी नभएको बताएका छन्।  

एएफपीले पुसिल र सुरक्षा बल र श्री नगरका कैयौं सरकारी अधिकारीसँगको भेटपछि ४ हजार मानिस नियन्त्रणमा लिइएको पुष्टि गरेको हो। ‘हिरासतमा लिएपछि श्रीनगरका कैयौं स्थानमा करिब ६ हजार मानिसको मेडिकल परीक्षण गरिएको छ,’ एक प्रहरी अधिकारीले नाम गोप्य राख्दै भने, ‘पहिला उनीहरुलाई श्रीनगरको केन्द्रीय कारागारमा लगियो। पछि सेनाको एयरक्राफ्टमा बाहिर लगिएको थियो।’

अर्का एक सुरक्षा अधिकारीले भने यो संख्या अझै धेरै हुन सक्ने बताएका छन्। ‘हजारौं मानिसलाई पक्राउ गर्दै  जेल पठाइएको छ,’ उनले भने, ‘त्यसमा पनि प्रहरी स्टेसनमा पेस भएका व्यक्तिको आँकडा समावेश छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो खुलासा यो समयमा भएको छ, जब सरकारले अशान्ति रोक्नका लागि प्रशासनले लगाएको कडा प्रतिबन्धका बाबजुत पनि गत हप्ता हजारौं मानिस सडकमा आएका थिए। उक्त घटनामा परी ८ जना घाइते भएका थिए। 

एएफपीका अनुसार १६ अगष्टमा श्रीनगरमा भएको प्रदर्शनमा सयौं मानिस उत्रेका थिए र प्रहरीले आश्रुग्यास र पेलेट गन प्रहार गरेको थियो। प्रहरी र प्रदर्शनकारीबीचको यो भिडन्त हजारौं मानिस सडकमा पैदल यात्राको क्रममा निस्कँदा भएको थियो।

एएफपीको समाचारलाई उद्धृत गर्दै भारतीय अनलाइन पत्रिका द वायरले लेखेको छ, 'यस्तो प्रतिवेदन सार्वजनिक भएपछि सरकारले दुई हप्ता पहिला लगाएको सञ्चार प्रतिबन्ध बिस्तारै खुकुलो बन्दै गएको छ।’ 

तर शनिबार फेरि केही क्षेत्रमा तनाव भएको थियो। त्यसलगत्तै सरकारले केही स्थानमा रोक लगाउने निर्णय गरेको थियो। 

यसभन्दा पहिलो सरकारले काश्मीरका कुनै पनि प्रकारको हिंसा नभएको जिकिर गर्दै आएको थियो। काश्मीर क्षेत्रमा शान्ति रहेको दाबी गरेको सरकारले त्यसलाई फेरि सच्याएको थियो। शनिबार मात्र राज्य सरकारका प्रवक्ता कंसलले दुई पक्ष संर्घषमा ८ जना घाइते भएको स्वीकार गर्दै त्यसपछिको कुनै जानकारी नभएको बताएका थिए। 

आइतबार वरिष्ठ सरकारी अधिकारीहरुले साँझसम्म अन्य क्षेत्रको टेलिफोन एक्सचेन्जहरु खुल्ला गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर सोमबार सबै क्षेत्रमा खुल्ला भएका छैनन्। सोमबार केही इलाकामा ५ कक्षासम्मका विद्यालय भने खुलेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्