काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ।
सैनिक शारीरिक तथा खेलकुद विकास केन्द्र लगनखेलमा भएको पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा हराएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई ३२-३० ले हराएको थियो। दोस्रो सेटमा अफगानिस्तान २५–१६ ले विजयी भयो। त्यसपछिका सेटमा २७-२५ र २६-२४ को सेटमा जित्दै तुर्कमेनिस्तान विजयी भयो।
मंगलबार तुर्केमिनिस्तानले उज्वेकिस्तानसँग र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन्।
आजै दिउँसो चार बजे नेपालले कीर्गिस्तानविरुद्ध खैल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र कीर्गिस्तानसहित माल्दिभ्स समूह ‘ए’ मा रहेका छन्। समूह ‘बी’ मा तुर्कमेनिस्तान र अफगानिस्तानसहित उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्।
तुर्कमेनिस्तान चौथो एभिसी एसियन सेन्ट्रल जोन भलिबलको विजेता टिम पनि हो। त्यसअघिको संस्करणमा भने तुर्कमेनिस्तानलाई ३-१ को सेटमा हराएर कीर्गिस्तानले नै उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।