काठमाडौं– जोनी सिंह राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘बादशाह जुट’ आउँदो कार्तिक १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ। फिल्म युनिटले आज फिल्मको अफिसियल पोस्टरसहित रिलिज डेट सार्वजनिक गरेको हो।
फिल्मको पोस्टरमा प्रमुख कलाकार सुशीललाई देखाइएको छ। सुशीलको ‘बादशाह’नजर पोस्टरमा झल्किन्छ। यो फिल्ममा उनीसँगै कलाकारहरु आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि तामाङ, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतको पनि अभिनय छ। अभिनेत्री प्रियंका कार्की गेष्ट रोलका रुपमा देखिँदै छन्।
अभिषेक शशि कुमारको लेखन रहेको फिल्ममा राजकुमार उप्रेतीको संगी, कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजु कार्कीको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।