• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तरीमा सवारी दुर्घटना बढ्दो, राडर गनदेखि ‘एक मिनेट कार्यक्रम’ निष्प्रभावी

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  १५:०८
1140x725

राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडग नगरपालिका–४ अमाहामा माघ १२ गते बिहान तीनवटा ट्रक आपसमा ठोक्किए। घटनामा ना ४ ख ५५५६ नम्बरको ट्रकका चालक उदयपुरको त्रियुगा नगरपालिका ४ का ४० वर्षीय कविराज माझीको घटनास्थलमै ज्यान गयो।

पश्चिम जाँदै गरेको ना ४ ख ५५५६, ना २ ख ८७३० र विपरीत दिशाबाट आएको ना ४ ख १८३५ नम्बरको ट्रक आपसमा ठोक्किँदा घाइते भएका ६ मध्ये त्रियुगा नगरपालिका वडा–४ का साइला दनुवार, सञ्जना दनुवार, रञ्जु माझी र निरबहादुर माझीको अहिले पनि विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

पुस १८ गते कोसी मेला भरेर फर्केका यात्रु बोकेको स१त ३३१८ नम्वरको ट्याक्टर शम्भुनाथ नगरपालिका–१ मा दुर्घटना भयो। ४० मध्ये २४ यात्रु घाइते भए। अधिकांश घाइते शम्भुनाथ नगरपालिकाकै बासिन्दा हुन्। सोही दिन डाक्नेश्वरी नगरपालिका १ कबिलाशावाट कठौना जाँदै गरेको स ४ प १२१९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालक २५ वर्षीय दिपेश चौधरी र पछाडि बसेका २३ वर्षीय दीपक चौधरीको मृत्यु भयो। शम्भुनाथ नगरपालिका–१० स्थित कठौना–पातो सडकखण्डमा बा २४ प २८६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएपछि दुवै मोटरसाइकल दुर्घटनामा परेका थिए।

घाइते भएका दुवै जनाको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। सोही राति ना३ख १२६५ नम्बरको यात्रुबस रुपनी गाउँपालिका ५ मा दुर्घटना हुँदा सुरुंगा नगरपालिका ४ मधुपट्टीकी ४८ वर्षीया सुशीला चौधरीसहित ५ जना घाइते भए। सामान्य उपचारपछि उनीहरु घर फर्किए।

सप्तरीमा पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको देखाउने यी प्रतिनिधि घटना मात्रै हुन्। एकपछि अर्को गर्दै बढेका दुर्घटनाका कारण कतिपयले ज्यानै गुमाएका छन् भने कतिपय अंगभंग भएर बस्नुपरेको छ। चालु आवको बैशाखदेखि पुस मसान्तसम्ममा मात्रै सप्तरीमा कुल ३ सय २ वटा दुर्घटना भएका छन्। जसमा ५८ जनाको मृत्यु भएको छ। ३ सय ७४ जना घाइतेमध्ये १ सय ५८ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा जम्मामा ४ सय ५८ सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रमुख सुनिलकुमार श्रेष्ठले बताए। जसमा मोटरसाइकलको संख्या मात्रै २ सय ३० छ।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यालयको रेकर्ड अनुसार आर्थिक वर्ष ०७३/०७४ मा जम्मा ३ सय ९२ सवारी दुघटना भएका थिए। जसमा ७० जनाको मृत्यु भएको थियो भने ६ सय २० जना घाइते भएका थिए। 

सवारी साधनको बढ्दो चाप, जीर्ण बन्दै गएका सडक र ट्राफिक नियमको उलंघन गर्दै तीव्र गतिमा सवारी सञ्चालन, अनावश्यक ओभरटेक गर्ने सवारी चालक अनि असुरक्षित रुपमा बाटो काट्ने यात्रुका कारण सवारी दुर्घटनामा वृद्धि भएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठ बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित चेकजाँचका साथै तालिम, प्रशिक्षण, कारबाही तथा विभिन्न प्रकारका वैकल्पिक उपाय समेत प्रयोग गरिरहेको छ। लामो दूरीका सवारी साधनलाई रोकेर विस्तारै जानोस् भन्ने ‘एक मिनेट कार्यक्रम’, सवारी रोकेर चालकलाई मुख धुन लगाउने र फ्रेस बनाएर पठाउने ‘रिफ्रेसमेन्ट कार्यक्रम’, विद्यार्थी र अभिभावकलाई प्रशिक्षण, चालक–सहचालकलाई तालिम लगायतका विभिन्न कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ।

यसैगरी, सवारी साधनको गति चेकजाँच गर्न राडर गनको प्रयोगलाई पनि प्राथमिकतामा राखिएको छ। तर, राडर गन पूर्वाञ्चलमा जम्मा १ थान मात्रै छ। मुस्किलले डेढ महिनामा एक हप्ताका लागि पालो आउने गरेकाले खासै अर्थपूर्ण नभएको ट्राफिक प्रहरीहरु बताउँछन्।

यति गर्दा पनि अटेर गर्ने सवारी र चालकलाई कारवाही समेत गरिएको ट्राफिक प्रमुख श्रेष्ठले बताए। उनका अनुसार माघ महिनामा मात्रै १ हजार ४ सय २७ सवारी साधन कारबाहीमा परेका छन् भने चालु आर्थिक वर्षमा कुल ११ हजार २ सय सवारीलाई कारबाही गरिएको छ। नियमित भइरहेका यस्ता क्रियाकलापले दुर्घटनालाई केही हदसम्म रोके पनि निमिट्यान्नै पार्ने सवालमा भने सवारी चालक र यात्रुले पनि सजग रहनुपर्ने उनको सुझाव छ। 

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्