• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तरीमा सवारी दुर्घटना बढ्दो, राडर गनदेखि ‘एक मिनेट कार्यक्रम’ निष्प्रभावी

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  १५:०८
1140x725

राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडग नगरपालिका–४ अमाहामा माघ १२ गते बिहान तीनवटा ट्रक आपसमा ठोक्किए। घटनामा ना ४ ख ५५५६ नम्बरको ट्रकका चालक उदयपुरको त्रियुगा नगरपालिका ४ का ४० वर्षीय कविराज माझीको घटनास्थलमै ज्यान गयो।

पश्चिम जाँदै गरेको ना ४ ख ५५५६, ना २ ख ८७३० र विपरीत दिशाबाट आएको ना ४ ख १८३५ नम्बरको ट्रक आपसमा ठोक्किँदा घाइते भएका ६ मध्ये त्रियुगा नगरपालिका वडा–४ का साइला दनुवार, सञ्जना दनुवार, रञ्जु माझी र निरबहादुर माझीको अहिले पनि विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

पुस १८ गते कोसी मेला भरेर फर्केका यात्रु बोकेको स१त ३३१८ नम्वरको ट्याक्टर शम्भुनाथ नगरपालिका–१ मा दुर्घटना भयो। ४० मध्ये २४ यात्रु घाइते भए। अधिकांश घाइते शम्भुनाथ नगरपालिकाकै बासिन्दा हुन्। सोही दिन डाक्नेश्वरी नगरपालिका १ कबिलाशावाट कठौना जाँदै गरेको स ४ प १२१९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालक २५ वर्षीय दिपेश चौधरी र पछाडि बसेका २३ वर्षीय दीपक चौधरीको मृत्यु भयो। शम्भुनाथ नगरपालिका–१० स्थित कठौना–पातो सडकखण्डमा बा २४ प २८६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएपछि दुवै मोटरसाइकल दुर्घटनामा परेका थिए।

घाइते भएका दुवै जनाको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। सोही राति ना३ख १२६५ नम्बरको यात्रुबस रुपनी गाउँपालिका ५ मा दुर्घटना हुँदा सुरुंगा नगरपालिका ४ मधुपट्टीकी ४८ वर्षीया सुशीला चौधरीसहित ५ जना घाइते भए। सामान्य उपचारपछि उनीहरु घर फर्किए।

सप्तरीमा पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको देखाउने यी प्रतिनिधि घटना मात्रै हुन्। एकपछि अर्को गर्दै बढेका दुर्घटनाका कारण कतिपयले ज्यानै गुमाएका छन् भने कतिपय अंगभंग भएर बस्नुपरेको छ। चालु आवको बैशाखदेखि पुस मसान्तसम्ममा मात्रै सप्तरीमा कुल ३ सय २ वटा दुर्घटना भएका छन्। जसमा ५८ जनाको मृत्यु भएको छ। ३ सय ७४ जना घाइतेमध्ये १ सय ५८ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा जम्मामा ४ सय ५८ सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रमुख सुनिलकुमार श्रेष्ठले बताए। जसमा मोटरसाइकलको संख्या मात्रै २ सय ३० छ।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यालयको रेकर्ड अनुसार आर्थिक वर्ष ०७३/०७४ मा जम्मा ३ सय ९२ सवारी दुघटना भएका थिए। जसमा ७० जनाको मृत्यु भएको थियो भने ६ सय २० जना घाइते भएका थिए। 

सवारी साधनको बढ्दो चाप, जीर्ण बन्दै गएका सडक र ट्राफिक नियमको उलंघन गर्दै तीव्र गतिमा सवारी सञ्चालन, अनावश्यक ओभरटेक गर्ने सवारी चालक अनि असुरक्षित रुपमा बाटो काट्ने यात्रुका कारण सवारी दुर्घटनामा वृद्धि भएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठ बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित चेकजाँचका साथै तालिम, प्रशिक्षण, कारबाही तथा विभिन्न प्रकारका वैकल्पिक उपाय समेत प्रयोग गरिरहेको छ। लामो दूरीका सवारी साधनलाई रोकेर विस्तारै जानोस् भन्ने ‘एक मिनेट कार्यक्रम’, सवारी रोकेर चालकलाई मुख धुन लगाउने र फ्रेस बनाएर पठाउने ‘रिफ्रेसमेन्ट कार्यक्रम’, विद्यार्थी र अभिभावकलाई प्रशिक्षण, चालक–सहचालकलाई तालिम लगायतका विभिन्न कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसैगरी, सवारी साधनको गति चेकजाँच गर्न राडर गनको प्रयोगलाई पनि प्राथमिकतामा राखिएको छ। तर, राडर गन पूर्वाञ्चलमा जम्मा १ थान मात्रै छ। मुस्किलले डेढ महिनामा एक हप्ताका लागि पालो आउने गरेकाले खासै अर्थपूर्ण नभएको ट्राफिक प्रहरीहरु बताउँछन्।

यति गर्दा पनि अटेर गर्ने सवारी र चालकलाई कारवाही समेत गरिएको ट्राफिक प्रमुख श्रेष्ठले बताए। उनका अनुसार माघ महिनामा मात्रै १ हजार ४ सय २७ सवारी साधन कारबाहीमा परेका छन् भने चालु आर्थिक वर्षमा कुल ११ हजार २ सय सवारीलाई कारबाही गरिएको छ। नियमित भइरहेका यस्ता क्रियाकलापले दुर्घटनालाई केही हदसम्म रोके पनि निमिट्यान्नै पार्ने सवालमा भने सवारी चालक र यात्रुले पनि सजग रहनुपर्ने उनको सुझाव छ। 

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्