झापा- झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले मदिराको नशामा श्रीमतीको हत्या गरेका छन्।
अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले गए राति ५२ वर्षीया दोमनी दनुवारको हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
मदिरा पिएका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो।
अभियुक्त ईश्वरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।