काठमाडौं– नेकपा एमालेले प्रादेशिक सरकारको नेतृत्वका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले प्रदेश मुख्यमन्त्रीको विषयमा निर्णय गर्नेछ।
एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठक मुख्यमन्त्री छनोटकै विषयमा केन्द्रित हुने बताए।
राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकारको विषयमा माओवादी केन्द्रसँग भागबण्डा गरेको एमालेले १, ३, ४ र ५ मा प्रादेशिक सरकार गठन गर्नेछ। त्यस्तै १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख एमालेले पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।