काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको लोकतान्त्रिक मूल्यमान्यता र आस्थाप्रति अविश्वास नगर्न सचेत गराएका छन्।
नेपाल चेम्बर अफ कमर्सको नव निर्वाचित पदाधिकारीलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बधाई दिँदै एमाले अध्यक्ष ओलीले नयाँ बन्ने सरकार विधिको शासन, कानुनी राज र लोकतान्त्रिक मुल्य मान्यताप्रति आस्थावान हुने बताएका छन्।
वाम गठबन्धनको नयाँ सरकार बने कम्युनिष्ट शासन आउने भन्दै केही दलले अफवाह फैलाएको जिकिर गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका लागि आफ्नो पार्टीले संघर्ष गरेर आएको दाबी गरे।
‘एक समय टेलिफोन पाउन साह्रै गाह्रो हुन्थ्यो, दुई चार जना मिलेर पार्टी खोलेपछि एक लाइन टेलिफोन पाइन्थ्यो,’ ओलीले भने, ‘कतिपय पार्टी एक लाइन टेलिफोन पाउन दर्ता भए, एमाले एक लाइन टेलिफोन पाउन खोलेको पार्टी होइन।’
विभिन्न खालका उछ्रिङ्खल र अफवाहले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको भन्दै ओलीले नयाँ सरकार बनेसँगै त्यसमा असाधारण सुधार आउने दाबी गरे।
वर्तमान काम चलाउ सरकारले दुरगामी महत्त्वको निर्णय गरेर मुलुकलाई बोझ बोकाउने गैरजिम्मेवारीपूर्ण निर्णयहरु गरेको बताउँदै ओलीले नयाँ सरकार गठनपछि त्यसमा पुनर्विचार गरिने स्पष्ट पारे।
उनले नयाँ सरकारले तीन खम्बे अर्थ नीति अनुसार निजी क्षेत्रसँग मिलेर काम प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।