चाड- चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङ्कटकालको घोषणा गरेका छन्।
अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उनले सङ्कटकालको घोषणा गरेका हुन्।
अहिले सङ्कटकाल घोषणा गरिएको क्षेत्रमा भएको भिडन्तमा परि यही महिनाको झन्डै १० दिनमा ४ दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ।
राष्ट्रपतिले घोषणा गरेको सङ्कटकाल तीन महिनाका लागि हो। अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्कटकाल लागू गरिएको क्षेत्र सिला र औड्डाइमा यही अगस्ट ९ देखि अहिलेसम्ममा ५० जनाको मृत्यु भएको छ।
आन्तरिक द्वन्द्व भएको ठाउँमा पशु गोठाला र आदिवासी कृषकहरुबीचमा झडप हुने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।