काठमाडौं- कृषि विकास बैंकको विभिन्न पदमा २ सय ६० जनाका लागि जागिर खुलेको छ।
आज प्रकाशित विज्ञापन अनुसार आवेदकले प्रथम पटक प्रकाशित विज्ञापनको २१ दिनभित्र आवेदन दिन सक्नेछन्।
लेखा अधिकृत (तह ७) का लागि ९, व्यवसाय अधिकृत (तह ७) का लागि २६, व्यवसाय सहायक (तह ५) का लागि ६६ जनाका लागि आवेदन माग गरिएको हो। यस्तै, लेखापाल सहायक (तह ४) मा क्षेत्रीय कार्यालय विराटनगरका लागि ५०, पोखराका लागि ७९ र नेपालगञ्जका लागि ३० जना माग गरिएको हो।
अधिकृत तहका लागि आवेदन दस्तुर एक हजार रुपैयाँ र सहायकका लागि ८ सय तोकिएको छ। समावेशीमा पनि फाराम भर्नेले थप ३ सय दस्तुर बुझाउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।