ललितपुर- नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ।
भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जेलर टेकबहादुर केसीले बताए। यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ।
कारागारमा रहेका ८ सय कैदीबन्दीमध्ये करिब २ सय मानसिक रोगी छन्। 'मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ,' जेलर केसीले भने, 'त्यहाँका कारागार र कैदीबन्दी दुवैले यहाँ सरुवा खोजेका छन्।'
धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर यहाँ पठाएको उनी बताउँछन्। पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ।
कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन्। कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन्।
मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन। अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन्। मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।