• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रक्तचाप नियन्त्रणका लागि यी खानेकुरा

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०८:२९
1140x725

रक्तनलीहरुको भित्तामा रगतले प्रवाहको क्रममा दिने चापलाई नै रक्तचाप भनिन्छ। हाम्रो दैनिक जीवनमा रक्तचाप कामको प्रकार र मानसिक उथलपुथल (दुःख, खुसी, डर, चिन्ता आदि) ले घटबढ भइरहेको हुन्छ। तर, धेरै लामो समयसम्म रक्तचाप १४०/९० एमएम/एचजी भन्दा माथि भइरहेमा त्यसलाई उच्च रक्तचाप भएको मानिन्छ।

उच्च रक्तचापलाई सधैँका लागि निदान गर्न सकिँदैन तर जीवनशैलीमा परिवर्तन ल्याउन सके नियन्त्रणमा राख्न सकिन्छ। उच्च रक्तचाप नभएका तर बढ्दो उमेर (४५ नाघेका) र वंशाणुगत गुण बोकेका व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ। बढ्दो उमेरसँगै धमनी बाक्लिँदै जाने हुँदा रगतको प्रवहाले धेरै चाप दिएर उच्च रक्तचाप हुन जान्छ। यसैगरि, गर्भवती अवस्थामा बढेको रक्तचापलाई भने चिकित्सक र डाइटिसियनको सल्लाह बमोजिम खानपान र औषधिको प्रयोग गरेर नियन्त्रण गर्नुपर्छ। उच्च रक्तचापका कारणहरु यस्ता छन्:

उच्च कोलेस्टेरोल: उच्च कोलेस्टेरोल भएका व्यक्तिले कोलेस्टेरोल नियन्त्रणका लागि डाक्टरको सल्लाह बमोजिम आहार र औषधि खानुपर्छ र कोलेस्टेरोललाई नियन्त्रणमा ल्याउनुपर्छ। तल उल्लेखित 'ड्यास' भोजन कोलेस्टेरोल नियन्त्रणको उद्देश्यले नबनाइएको भए पनि उक्त भोजनशैलीले कोलेस्टेरोललाई नियन्त्रण गर्न सकिन्छ।

धूमपान र मध्यपान: धूमपान र मध्यपानले रक्तचाप बढाउनुका साथै अन्य रोगहरु (क्यान्सर, मुटुरोग, कलेजोको रोग आदि) लाई प्रोत्साहन गर्छ। तसर्थ स्वास्थ्य व्यक्तिका साथसाथै उच्च रक्तचापको जोखिममा रहेका व्यक्तिले धूमपान र मध्यपान सेवनमा नियन्त्रण ल्याउनु जरुरि छ।

चिनिरोगीः चिनीरोगीहरु धेरैलाई उच्च रक्तचाप देखापर्छ। चिनिरोगीहरुले आफ्नो रक्तचाप समय-समयमा जाँच गराउने तथा डाइटिसियनको सल्लाहमा आफ्नो तौल, उचाईलाई मध्यनजर गरेर सन्तुलित आहार खानुपर्छ।

मोटोपनाः मोटोपनाले रक्तचाप बढाउने भएकाले तौल नियन्त्रणमा राख्नुपर्छ। तौलसँगसँगै कम्मरको चौडाइमा कति परिवर्तन आएको छ भनेर पनि विचार गर्नुपर्छ। महिलाको कम्मरको चौडाइ ३५ इन्चभन्दा धेरै र पुरुषको कम्मरको चौडाइ ४० इन्च भन्दा धेरै भएमा उच्च रक्तचापका साथै धेरै रोग लाग्ने सम्भावना बढ्ने अध्ययनहरुले पुष्टि गरेका छन्। यसरी कम्मरको चौडाइ नाप्दा नाइँटोको वरिपरि नाप्नुपर्छ।

शारीरिक निस्क्रियताः हरेक स्वस्थ व्यक्तिले दिनको ३० मिनेट व्यायाम गर्ने अथवा हिँडडुल गर्नुपर्छ। उच्च रक्तचाप र कोलेस्टेरोल घटाउन भने दिनको ४० मिनट जति व्यायाम अथवा हिँडडुल उपयुक्त हुन्छ। यसरी व्यायाम गर्दा अथवा हिँड्दा कम्तिमा पनि लगातार १० देखि १५ मिनेट रोकिनु हुँदैन। मुटुको चाल बढ्ने गरि र पसिना आउने गरी व्यायाम गर्नुपर्छ।

यसका अलावा धेरै मानशिक तनाव लिने र अस्वस्थ्यकर खानपान अपनाउने मानिसहरु उच्च रक्तचापको जोखिममा हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अरु ठूला रोगभन्दा सामान्य लागे पनि उच्च रक्तचापले कस्तो परिणाम दिन सक्छ भन्ने अनुमान गर्न सकिँदैन। केही निश्चित लक्षणहरु नदेखाउने भएकाले यसलाई एक सुशुप्त ज्यानमारा (साइलेन्ट किलर) का रुपमा लिइन्छ। जसका कारण धेरैलाई उच्च रक्तचाप भएको थाहा पनि हुँदैन। यस्ता व्यक्तिहरु सधैँ मुटु रोग, मस्तिष्कघात, मिर्गौला रोग र अन्धोपनाको जोखिममा पर्न जान्छन्।

यसैगरी उच रक्तचापले थकान बढाउने, यौन क्षमतामा कमी ल्याउनुका साथै हात, खुट्टा, टाउको दुखाइ बढाउने गर्छ। त्यसैले स्वास्थ्य जीवनशैली अपनाएर रक्तचापलाई नियन्त्रणमा ल्याउनु जरुरी छ।

खानपानको माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्ने उद्देश्यले अमेरिकामा रहेको एनआइएच नामको एक संस्थाले ड्यास (डिएएसएच) भोजनको अवधारणा ल्याएको थियो। यो भोजनमा प्रशोधन नगरिएको अन्न, कुखुराको मासु, माछा, नट्स (बदाम, काजु, किसमिस, ओखर आदि) गेडागुडी, न्युन चिल्लो भएका दुग्ध पदार्थ, सब्जी र फलफूल आदिलाई समावेश गरिएको हुन्छ। साथै, तेल/चिल्लो, रातो मासु, गुलियो र सफ्ट ड्रिंक्सजस्ता स्वस्थ्यमा प्रतिकूल असर पार्ने खानेकुरालाई भने एकदमै थोरै मात्रामा समावेश गरिएको हुन्छ। यस्तो भोजनले हाम्रो खानामा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, प्रोटिन, एन्टिअक्सिडेन्ट र रेशायुक्त पोषक तत्वहरु दिन्छ। यसैगरी, संतृप्त चिल्लो पदार्थ, कोलेस्टेरोल र नुनलाई कटौती गर्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत पुग्छ।

धेरै मानिसले नुनलाई कटौती गर्ने भन्नाले खानामा नुन नहाली खाने भनेर बुझ्छन्। तर, नुन भरपूर मात्रामा भएका खानेकुराहरु, जस्तैः जंक फुड तथा अजिना मोटो र सोयासस हालेर बनाएका बजारिया खानेकुरा भने प्रसस्त मात्रामा खाइरहेका हुन्छन्। त्यसैगरी, गाउँघरतिर अचार, मासु तथा अन्य खानेकुराहरु लामो समयसम्म जोगाएर राख्न नुनको धेरै मात्रामा प्रयोग गरिन्छ। यस्ता खानेकुरा पनि आफ्नो नियमित खानपानबाट हटाउनु जरुरी छ। नुनको सट्टामा स्वादका लागि अरु मसला (जस्तैः मरिच, ल्वांग, दालचिनी, अलैँची, प्याज, लसुन आदि) को प्रयोग गर्न सकिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक स्वस्थ व्यक्तिले एक दिनमा ५ ग्राम अर्थात् १ चियाचम्चा भन्दा धेरै नुन खानु हुँदैन भने रक्तचाप उच्च भएका व्यक्तिले ३ ग्रामभन्दा कम नुन खानुपर्छ। हामीले दैनिक खानेकुरामा प्राकृतिक रूपमै सोडियम (नुन बन्न चाहिने तत्व जसले रक्तचाप बढाउँछ) हुने भएकाले खानामा नुन प्रयोग गर्दा विचार पुर्‍याउनुपर्छ।

(भट्टराईले न्युट्रिसन एन्ड डाइटेटिक्समा बिएससी गरेकी हुन्)

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
सम्बन्धित सामग्री
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ। शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै लामिछानेको निजी सचिवालयका अनुसार उनी  आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्