काठमाडौं - निष्पक्षताका लागि युवा भन्ने उद्देश्यका साथ अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता कादम्बरी मेमोरियल कलेजका ‘सोसियल ओर्क’ पढ्ने विद्यार्थीको आयोजनामा हुन लागेको हो। जसमा पुरुष र महिला दुवै फुटसल हुने छन्।
२० टिम सहभागी पुरुष फुटसलको विजेताले ३० हजार रुपैयाँ र ८ टिम सहभागी महिला फुटसल विजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता शीर्षकमा व्यक्तिगत पुरस्कार पनि दिइने कार्यक्रम संयोजक खिमानन्द देवकोटाले जानकारी दिएका छन्।
सोमबार बिहान ८ बजे सुरु हुने प्रतियोगिता धन्यन्तरी फुटसल हाँडीगाउँमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।