काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३-२ को सेटमा पराजित गरेको छ। ३४ बर्षपछी हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३-२५, २८-२६, २५-२१, २१-२५, १७-१५ को सेटमा हराएको हो ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक बिरेन्द्रप्रसाद चौधरीले कोर्टमा खेल्दा सुरुमा नेपाली अलमलिए पनि पछि राम्रो खेलेको बताए । उनले भने, 'घरेलु टोली पनि राम्रो हो । हामीले विश्वाश गरेका केही खेलाडीले सोचे जस्तो खेल्न साकेनन । मानबहादुरले सोचे जस्तो खेल्न सकेन बिशेष गरी । उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थेऊ ।’
यस्तै हङकङक मुख्य प्रशिक्षक हङकङ याउ होक चुनले भने, 'लामो यात्रा गरेर आएकाले नेपाली टोली केही थाके जस्तो देखिन्थ्यो। त्यसैले पहिलो सेट उनीहरूको लागि वार्म अप जस्तो भयो । पछी उनीहरूले राम्रो खेले। आजको कमजोरीलाई गम्भिर रूपमा बिश्लेशण गरी राम्रो गर्ने छौ ।’
नेपालका कप्तान इम रानामगरले सुरुमा विपक्षीको खेल बुझ्न सयम लागेको बताए । ‘हाम्रो पनि तालमेल मिल्न सकेको थिएन । पछी उनिहरूको खेल बुझे पछी राम्रो गरेउ । रीसिभमा राम्रो हुन सकेको छैन भोली त्यस्मा सुधार गर्नेछौ,' इमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।