काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएपछि सन्दीप लामिछानेलाई बधाइको ओइरो लागेको छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजिन– २ को तयारीका लागि हाल दुबईमा रहेका राष्ट्रिय टिमका युवा स्पिनर सन्दीपले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिएका छन्।
उनले दिल्ली डेयरडेभिल्सले गरेको ट्विटलाई कोच ट्विट गर्दै यात्रा सुरु भएको प्रतिक्रिया दिएका छन्।

१७ वर्षीय युवा स्पिनर सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी बने। सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारु (३२ लाख रुपैयाँ) मा किनेको हो।
५ सय ७८ जनाको अक्सन सूचीमा सन्दीप २ सय ७८ नम्बरमा थिए। सन्दीप एसोसिएट क्याटागोरीबाट आइपिएलमा आबद्ध भएका हुन्।
यसअघि शक्ति गौचनले राजस्थान रोयल्समा ट्रायल दिए पनि छनोट हुन असफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।