• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कब्जियतलाई हेलचेक्र्याइँ नगरौँ

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०७:१५
1140x725

कब्जियत धेरैका लागि सामान्य कुरा हुन सक्छ । त्यसैले कब्जियतलाई धेरैले समस्याका रुपमा लिँदैनन् । कोही बिस्तारै ठिक भइहाल्छ भन्दै सहेर बस्छन् भने कसैले आफूखुसी दिसा खुलाउने औषधि खाने गरेका हुन्छन् । यी दुवै कुरा स्वास्थ्यका दृष्टिकोणले गलत छन् ।

पानी कम पिउँदा, रेसादार (फाइबरयुक्त) खाना कम खाँदा वा व्यायाम नगर्दा कब्जियत हुन सक्छ । यस्ता साधारण कारणबाहेक ठूलो आन्द्राको क्यान्सर जस्तो डरलाग्दो कारणले पनि कब्जियत हुन सक्छ । त्यसैले कब्जियतबारे बेलैमा सचेत बन्नु, पहिचान गर्नु र उपचार गर्नु महत्वपूर्ण हुन्छ ।

कब्जियत के हो र कसरी चिन्ने ?

कब्जियत बारे राम्रोसँग बुझ्न दिसा कसरी बन्छ र शरीरबाट बाहिरिन्छ भन्ने बुझ्नु जरुरी छ । एक दिनमा सानो आन्द्राबाट ठूलो आन्द्रामा झन्डै एक लिटर जति झोल पदार्थ प्रवेश गर्छ, जसमा पानी, इलेक्ट्रोलाइट्स र फाइबर हुन्छ । यो झोल पदार्थले झन्डै डेढ मिटर लामो ठूलो आन्द्रामा एक दिनभन्दा बढी समय लगाएर यात्रा गर्छ । सो क्रममा ९० प्रतिशत पानी र इलेक्ट्रोलाइट्स शोषण हुन्छ र एक सय मिलिलिटर मात्र दिसा बन्छ । फाइबर मध्ये नघोलिने फाइबर दिसा मार्फत बाहिरिन्छ र घोलिने फाइबरबाट ठूलो आन्द्रामा रहेको ब्याक्टेरियाले ग्यास बनाउँछ । ठूलो आन्द्रामा बनेको दिसा शरीरबाट बाहिर निकाल्न मलद्वार र तल्लो पेटभित्रका मांसपेशी (पेल्भिक फ्लोर मसल र एनल स्फिङ्टर) ले सही तरिकाले काम गर्नुपर्छ ।

कब्जियत हुँदा हप्तामा दुई वा सोभन्दा कम पटक मात्र दिसा हुन्छ । दिसा बस्दा कन्नुपर्ने, राम्रोसँग दिसा ननिख्रेको अनुभव हुने, दिसा गर्दा अवरोध महसुस हुने र कुनै बेला दिसा कोट्याएर निकाल्नुपर्ने सम्म हुन सक्छ । चिकित्सा विज्ञानले माथिका लक्षणमध्ये दुई वा सोभन्दा बढी लक्षण देखिएमा कब्जियत मानेको छ ।

कब्जियत हुनुका कारणहरुः

आहारसँग सम्बन्धित कारणः

-    पानी कम पिउँदा, रेसादार (फाइबरयुक्त) खाना कम खाँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गर्दा कब्जियत हुन सक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

-    व्यायाम कम गर्दा कब्जियत हुने सम्भावना रहन्छ ।

-    ठूलो आन्द्रामा हुने क्यान्सर वा अन्य अवरोधले पनि कब्जियत गराउँछ ।

-   मलद्वारमा घाउ हुँदा वा पायल्समा रगत जमेर सुन्निदा दिसा गर्न गाह्रो पर्छ ।

शरीरमा हुने अन्य रोगहरुका कारणः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

-    डायबिटिज हुुनु, रगतमा क्याल्सियमको मात्रा बढी हुुनु, प्याराथाइराइड हर्मोन बढ्नु, थाइराइड हर्मोनले काम कम गर्नु जस्ता समस्याले कब्जियत गराउँछ । गर्भधारण गरेका महिलामा पनि कब्जियतको समस्या देखिन सक्छ ।

-    नशा सम्बन्धी समस्याहरु हुँदा पनि कब्जियत देखा पर्छ । स्ट्रोक, हर्सप्रङ डिजिज, पार्किन्सन डिजिज आदिमा कब्जियत देखा पर्न सक्छ ।

-    कतिपय औषधिहरु पनि कब्जियतको कारण बनेका छन् । डिप्रेसनमा प्रयोग हुने केही औषधि, आइरन, बिस्मुथ, मोर्फिन, कोडिन, एन्टासिड, बु्रफिन, डाइक्लोफेनाकजस्ता औषधिको प्रयोग गरेका बेला कब्जियतको सम्भावना बढी हुन्छ । लामो समयसम्म दिसा खुलाउने औषधिको सेवनले ठूलो आन्द्रालाई झन्झन् कमजोर बनाउँछ र कब्जियतको सम्भावना अझ बढ्छ ।

-    डिप्रेसन, चिन्ता जस्ता मानसिक समस्या भएका व्यक्तिमा पनि कब्जियतको समस्या देखा पर्न सक्छ ।

माथि उल्लेखित कारणहरुले गर्दा हुने कब्जियतलाई सेकेन्डरी कन्स्टिपेसन भनिन्छ । कुनै प्रस्ट कारणबिना देखा पर्ने कब्जियतलाई प्राइमरी, इडियोप्याथिक वा फङ्सनल कन्स्टिपेसन भनिन्छ । प्राइमरी कन्स्टिपेसनमध्ये केहीमा ठूलो आन्द्राको गति ढिला हुने, केहीमा ठूलो आन्द्राको गति सामान्य हुने वा केहीमा मलद्वार र तल्लो पेटको मांशपेशीले राम्रोसँग काम नगर्ने हुन्छ ।

कब्जियत कसरी पत्ता लगाउने ?

चिकित्सकले कब्जियतको मुख्य कारण पत्ता लगाउने कोसिस गर्छन् । राम्रोसँग सोधखोज गर्छन् । पेट र मलद्वारको जाँच गर्छन् । नशा सम्बन्धी पनि जाँच हुन्छ । रगतमा हेमोग्लोबिन, सुगर, पोटासियम, क्याल्सियम, थाइराइड हर्मोन आदि जाँच गरिन्छ । आवश्यक परे ठूलो आन्द्रामा पाइप लगाएर गरिने जाँच सिग्मोइडोस्कोपी वा कोलोनोस्कोपी गरिन्छ । ५० वर्ष उमेर पुगेपछि यी जाँचको महत्व झन् बढी हुन्छ । यसबाट ठूलो आन्द्राको क्यान्सर वा अन्य समस्या पनि पत्ता लाग्छ । शंकास्पद घाउबाट टुक्राहरु निकालेर बायप्सी पनि गर्नुपर्ने हुन सक्छ ।

कुनै कारण पत्ता लागेमा त्यसैको उपचार सुरु गरिन्छ । कुनै कारण पत्ता नलागेको अवस्थामा केही समय दिसा खुलाउने औषधि र रेसादार खाना खाने सुझाव दिइन्छ । यी साधारण विधिले उपाय नलागे अन्य उच्च प्रविधिका जाँचहरु गर्नुपर्ने हुन्छ । यस्ता जाँचहरुमा ठूलो आन्द्राको गति पत्ता लगाउने विधि कोलोन ट्रान्जिट स्टडी, एनोरेक्टल मनोमेट्री, बेरियम डेफिकोग्राफी आदि पर्छन् । जसले प्राइमरी कन्स्टिपेसनको कारणहरु पत्ता लगाउन मद्दत गर्छ ।

कब्जियतको उपचार

-  कब्जियत गराउने कारण अनुसारको उपचार पद्धति अपनाइन्छ । जस्तै, डायबिटिज भएका बिरामीलाई त्यसैको सही उपचार गर्नुपर्छ । थाइराइड हर्मोन अपुग भएकालाई सो हर्मोनको उपचार गर्नुपर्छ ।

-    खानामा फाइबरको मात्रा बढाउने गर्नुपर्छ ।

-    झोल पदार्थको मात्रा बढाउने र नियमित व्यायाम गर्ने बानी बसाउनुपर्छ ।

-    मलद्वार र तल्लो पेटको मांसपेशीले सही काम गर्न नसकेको अवस्था (पेल्भिक फ्लोर डिस्फङ्सन) मा दिसा गर्ने टे«ेनिङ (ह्याबिट ट्रेनिङ र बायोफिडब्याक टे«निङ) जस्ता उपाय अपनाइन्छ ।

-    औषधि–उपचारले ठिक नहुने खालका समस्यामा शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
सम्बन्धित सामग्री
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ। शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै लामिछानेको निजी सचिवालयका अनुसार उनी  आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्