काठमाडौं– हिउँ खेल्न चार दिन अघि फुलचोकी गएका एक बिद्यार्थी बेपत्ता भएका छन्। थसिखेलस्थित अजय शिक्षा सदनका बिद्यार्थी जोन तामाङ बेपत्ता भएका हुन्।
चार दिनदेखि प्रहरी, स्कुलका कर्मचारी र उनका आफन्तले खोज्दा पनि उनी भेटिएका छैनन्। ‘हामीले निरन्तर खोजीरहेका छौं,’ आइतबार फुलचोकीमै रहेका महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले भने,‘उनी भेटिएका छैनन्।’
सुनसरी घर भएका तामाङ ५ कक्षामा पढ्दथे। चार दिनअघि हिउँ परेपछि बिद्यालयबाटै उनी फुलचोकी गएका थिए। तर, हिउँ खेल्ने क्रममा हराएका थिए। हिउँ खेल्ने क्रममा चिप्लिएर कसैको खसेको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले स्कुलका प्रिन्सिपल तथा सँगै गएका अन्य बिद्यार्थीहरुमाथि समेत अनुसन्धान थालेको छ। तामाङका परिवारले उनको खोजी गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।