काठमाडौं– आईपीएलको दोस्रो दिनको अक्सन हरेक नेपाली खेलप्रेमी कालागि महत्वपुर्ण थियो। कारण, विश्व क्रिकेटको सबै भन्दा ठुलो व्यवसायीक प्रतियोगिता आईपीएलको अक्सनको सूचीमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने थिए। अक्सन सुचिको २ सय ७६ औ नम्बरमा सन्दीप थिए।
अंकले जति उकालो लाग्दै जान्थ्यो, आम खेलप्रेमीको धडकन पनि बढ्दै जान्थ्यो। प्रतिक्षाको घडी समाप्त भयो, अक्सनमा लिलामीका लागि २ सय ७६ नम्बरको खेलाडी सन्दीप नाम उच्चारण थियो। एसोसिएट प्लेयरको सूचीमा रहेका सन्दिपको भाउ २० लाख भारुमा सूरु भयो। त्यही बखत आइपीएलको टिम दिल्ली डेयरडेभिल्सले सन्दिपलाई बेस रकम २० लाख भारुमा खरिद गर्यो। त्यसपछि नेपाली समाजिक सञ्जालमा सन्दिपको लिलामीलाई लिएर ठुलै उछाल मच्चियो।
सम्बन्धित - सन्दीप लामिछानेले बनाए इतिहास, दिल्ली डेयरडेभिल्समा आबद्ध
- सन्दीप आवद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी?
सन्दिपलाई देश विदेशमा रहेका नेपालीले मात्र बधाई र शुभकामना दिएनन, विश्व क्रिकेटका हस्ती माईकल क्लार्कसम्मले उनको लिलामीमा खुसीयाली मनाए।
सन्दिपको लिलामीसंगै अष्ट्रेलियन पुुर्व कप्तान माईकल क्लार्कले सबै भन्दा ठुलो समाचारको रुपमा खुसी ब्यक्त गरे।

क्यानकी पुर्व सिइयो भावना घिमिरेले सन्दिपको लिलामीलाई नेपाली क्रिकेटको ऐतिहासिक दिनको रुपमा ब्याख्या गरिन्।

ट्वीटरका अर्का प्रयोगकर्ता समीरमणि दीक्षित लेख्छन,

अन्यले पनि सन्दीपलाई बधाई दिइरहेका छन्




विश्व क्रिकेटको सबै भन्दा ठुलो ब्यावसायीक प्रतियोगिता आईपीएलमा नेपाली खेलाडी आबद्व भएको पहिलो पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।