काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) आवद्ध हुँदै इतिहास बनाएका छन्। १७ वर्षीय लेगस्पिनर सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आवद्ध गरेका हुन्।
आइपिएलमा आवद्ध हुने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका सन्दीपको प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ रहनेछन्। यस्तै दिल्लीको कप्तानमा गौतम गाम्भिर छन्।
दिल्लीमा यो सिजन आबद्ध भएका खेलाडी यस्ता छन् :
पृथ्वी साह, अभिषेक शर्मा, मनोज कार्ला, कोलिन मुनरो, ट्रेन्ट बाउल्ट, गौतम गाम्भिर, जासन रोए, अमित मिश्रा, साहबाज नदिम, ग्लेन म्याक्सवेल, हर्षल पटेल, राहुल टेवाइटा, जयन्त यादव, विजय शंकर, मोहमद सामी, ड्यानीयल क्रिस्टियन, गुर्किरात सिंह, कागिसो राबाडा, अभेस खान, सन्दीप लामिछाने, क्रिस मोरिस, श्रेयर इयर, रिशव पन्त
आइपिएल ७ अप्रिलबाट २७ मेसम्म भारतका विभिन्न सहरमा आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।