काठमाडौं- भारतीय क्रिकेट टिमको प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन्।
उनी दाेस्राे पटक प्रशिक्षक भएका हुन्। भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देवको नेतृत्वमा रहेको क्रिकेट एजभाइजरी काउन्सिलले शुक्रबार साँझ उनलाई प्रशिक्षकमा निरन्तरता दिने घोषणा गरेको हो।
कपिल देवले प्रमुख प्रशिक्षकको चयन कोचिङ स्किल, अनुभव, ज्ञान र टिमसँग सञ्चार गर्नसक्ने क्षमताकाे आधारमा गरिएको बताए।
प्रशिक्षकका लागि शास्त्रीसँगै ६ जना अन्तिम दौडमा छानिएका थिए।
शास्त्री सन् २०१४ देखि २०१६ सम्म भारतीय क्रिकेट टिमको निर्देशक थिए। उनलाई सन् २०१७ मा प्रशिक्षक बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।