म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन्।
रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिविधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन्। सडक बनेपछि प्रयोग विहीन बनेको भरिया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्की सामुदायिक भवन निर्माण गरिएको हो।
चार लाख ५१ हजार ५ सय ६० रुपैयाँको लागतमा एककोठे भवन निर्माण सम्पन्न भएको आमा समूहले जानकारी दिएको छ। सो कार्यबाट सामुहिक भेला, बैठक बस्न, तालीम सञ्चालन र विभिन्न सामाजिक काम गर्नका लागि सहज हुने अपेक्षा गरिएको छ।
समूहको ६६ हजार ९ सय ६८, चन्दाबाट २ लाख ८४ हजार ६ सय २२ र १ लाख रुपैयाँ ऋणमा भवन निर्माण गरेको समूहकी सचिव बिमला शर्मा चालिसेले बताइन्।
शनिबार भवनको उद्घाटनसमेत गरिएको छ। प्रदेश सभा सदस्य विनोद केसीले सो एक कोठे भवनको उद्घाटन गरेका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।