नयाँ दिल्ली (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल)–११ को लिलामीको दोस्रो दिन आइतबार थुप्रै खेलाडीबीच रोचक बोली लाग्दैछ।
पहिलो दिन जहाँ बेन स्टोक्सका लागि १२ करोड ५० लाख भारुको सबैभन्दा ठूलो बोली लागेको थियो, आज उनलाई कसले उछिन्नेछन्, यसमा क्रिकेटप्रेमीको आँखा गढेको छ। आज करिब ८० खेलाडीमाथि बोली लाग्दैछ।
सम्बन्धितः आइपिएलमा सन्दीपको बोली लाग्ने सम्भावना कति?
पहिलो दिन विक्री हुन नसकेका क्रिस गेल, जोय रुट, इशान्त शर्मा, मुरली विजय र पार्थिव पटेलसहित अन्य नाम चलेका देशी–विदेशी खेलाडीको भाग्य दाउमा लाग्नेछ।
शनिवार ‘अनक्याप्ड’ क्रुणाल पाण्ड्यामाथि ८ करोड ८० लाखको बोली लागेको थियो। युवराज सिंह र गौतम गम्भीरजस्ता स्टार खेलाडीले त्यति भाउ नपाएको स्थितिमा पाण्ड्यामाथि लागेको बोली चकित पार्ने खालको थियो।
वेस्ट इन्डिजका ‘अनक्याप्ड’ खेलाडी साफ्रा आर्चरमाथि पनि ७ करोड २० लाखको बोली लाग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।