म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियालाई ४–१ गोलले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा रियललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। रोनाल्डोले १६ र ३२ मिनेटमा दुवै गोल पेनाल्टीमार्फत गरेका थिए। मार्सेलोले ८४ र टोनी क्रुजले ८९ मिनेटमा गोल गरेपछि रियलले सहज जित दर्ता गराएको थियो। भ्यालेन्सियाका लागि मिना लोरेन्जोले ५८ मिनेटमा गोल गरेका थिए।
लिगको २० चरणका खेल सकिदा शीर्ष स्थानको बार्सिलोनाको ५४ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४३, तेस्रो स्थानको भ्यालेन्सियाको ४० र चौथो स्थानमा रहेको रियलको ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।