इंग्ल्याण्ड - जे रोड्रिग्वेजले २ गोल गरेपछि वेस्ट ब्रोमविच अल्विवनले एफए कपअन्तर्गत चौथोँ चरणको खेलमा लिभरपुललाई पराजित गरेको छ।
भिडीयो रेफ्री हावी भएको खेलमा ३ पटकसम्म डिसीजनका लागि कुर्नु परेको थियो। भिडीयो रेफ्री क्रेग पाउसनले अल्विवनको गरेको एक गोललाई मान्यता दिएनन् भने लिभरपुललाई पेनाल्टी प्रहार गर्ने अवसर तथा अल्विवनले गरेको तेस्रो गोललाई ढिलोपरि मान्यता दिएका थिए।

खेलको सुरुवाती ११ मिनेटसम्म ३ गोल भएको खेलमा अग्रता भने लिभरपुलले लियो। ५ मिनेटमा लिभरपुलका रोवर्टो फिर्मिनोले गोल गरेको २ मिनेट पनि बित्न नपाउँदै अल्विवनका रोड्रिग्वेजले बराबरी गोल गरे। रोड्रिग्वेजले नै ११ मिनेटमा लिभरपुलको पोष्टमा अर्को गोल छिराएपछि अल्विवन १ गोलले अघि बढ्यो।
पेनाल्टीमा फिर्मिनोले गोल गर्ने मौका गुमाएपछि लिभरपुल खेल बराबरी गर्नबाट चुक्यो।

लिभरपुलका जोल मटिपले पहिलो हाफको इन्जुरी समयमा आफ्नै पोष्टभित्र गोल गरेपछि अल्वियनको अग्रता ३–१ मा पुग्यो। दोस्रो हाफको ७८ मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै खेलमा फर्किने आश देखाए। तर खेलअवधीभर करिव ६९ प्रतिशत समय लिभरपुलले आफ्नो पक्षमा बल राखेपनि त्यसपछि कुनै गोल हुन नसक्दा अल्विवन विजयी हुन पुग्यो।
खेल अवधिभर ८ पटकसम्म भिडियो रेफ्रीको सहयोग लिइएको थियो। जसमा मटिपले गरेको आत्मघाती गोल पनि समावेश थियो।
गत वर्षको अप्रिल २३ पछि लिभरपुलले पराजय भोगेको यो पहिलो पटक हो।

यसैबिच गएराति नै भएका अन्य खेलहरुमा लेस्टर सिटी, हल सिटी, ब्राइटन एण्ड होभ अल्विवन, कोभेन्ट्री सिटी, सेफिल्ड युनाइटेड, सोथह्याम्पटन तथा ह्विगन एथलेटिक विजयी भएका छन्। हडर्सफिल्ड टाउन र बर्मिंघम सिटी, नट्स सिटी र स्वान्सी सिटी तथा न्युपोट काउन्टी र टोटनह्याम हट्सपरले समान १/१ गोलको बराबरी खेल्दा मिलवाल र रोच्डालेले २–२ गोलको बराबरी खेले।
एफए कपको चौथोँ चरणअन्तर्गत आज २ खेल हुदैँछन्। पहिलो खेलमा चेल्सीले न्युक्यासल युनाइटेडको सामना गर्दा अर्को खेलमा म्यान्चेस्टर सिटी र कार्डिफ सिटी भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।