एजेन्सी- कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीन जना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन्।
कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पास्तिानी सेनाले जनाएको छ।
पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन्।
उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।