सेन्चुरियन– दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा भारत ६३ रनले विजयी भएको छ। चौथो दिनमै जित हात पार्ने क्रममा भारतले दक्षिण अफ्रिकालाई दोस्रो इनिङमा १ सय ७७ रनमै अलआउट गर्यो।
२ सय ४१ रनको लक्ष्य पछ्याएको भारतलाई सस्तैमा अलआउट गर्ने क्रममा भारतका मोहमद सामीले ५ विकेट लिए। जसप्रित बुमराह र इशान्त शर्माले २–२ विकेट लिए।
दक्षिण अफ्रिकाका लागि ओपनिङ ब्याट्सम्यान डिन इल्गरले नटआउट ८६ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।
यसअघि भारतले पहिलो इनिङमा १ सय ८७ तथा दोस्रो इनिङमा २ सय ४७ रन जोडेको थियो। दक्षिण अफ्रिकाले पहिलो इनिङमा १ सय ९४ रनमा अलआउट भएको थियो।
भुवनेश्वर कुमार म्यान अफ दि म्याच र भेर्नान फिलान्डर प्लेयर अफ दि सिरिज भए। ३ खेलको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।