काठमाडौं– भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली खेलाडी आवद्ध भएका छन्।
नेपालका युवा स्ट्राइकर फुटबलर विमल घर्तीमगर भारतीय आई–लिग क्लब बगानमा बगानमा अनुबन्धन भएका हुन्। सिजनको अन्तिम तीन महिनामात्र बाँकी रहदा भारतीय क्लब मोहन बगानले नेपाली राष्ट्रिय टोलीका मुख्य स्ट्राइकर विमललाई अनुवन्धन गरेको हो।
नेपाल लाइभसँगको कुराकानीमा विमलले भारतीय क्लबसँगको अनुबन्धन गरेको बताए। उनले लिग खेलेबापत राम्रो पारिश्रमिक पाउने भएपनि रकम खुलाउन चाहेनन्। उनी भोलि भारत प्रस्थान गर्नेछन्। उनी सोमबारदेखि नै अभ्यास सत्रमा सहभागी हुनेछन्।
भारतको शीर्ष डिभिजन आई–लिग खेल्ने क्लब मोहन बगान भारतको कोलकताको क्लब हो।
स्टाइकर सोनी नोर्डीको स्थानमा क्लबले विमललाई क्लबमा अनुबन्धन गरेको हो। १४ बर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेका विमले विभिन्न युरोपेली क्लबमा समेत ट्रायल दिएका थिए।
यसअघि पछिल्लो पटक पूर्व फरवार्ड हरि खड्काले मोहन बगानबाट खेलेका थिए। खड्काले १९९८ मा अन्तिम पटक खेलेका थिए। त्यसअघि नेपालका पुर्वस्टार डिफेन्डर पारस चौधरी पनि मोहन बगानमै आवद्ध थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।