नेपालगन्ज– नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पाँचौ संस्करण फागुन ३ देखि ७ गतेसम्म हुने भएको छ।
जिल्ला भलिबल संघ बाकेको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरि ७ टिमले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितामा नेपाल एपिएफ, नेपाल पुलिस न्यु डायमन्ड एकेडमी, पश्चिमाञ्चल पोखरा र आयोजक टिम नेपालगन्जसहित भारतको देहरादुन बंगलादेशको टिम सहभागी हुने संघका अध्यक्ष टीएस ठकुरीले बताए।
प्रतियोगिताको पुरस्कार राशिमा दोब्बर बढाएर प्रथम हुने टिमलाई २ लाख, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
आठौं राष्ट्रिय खेलकुदको तयारीको लागि पनि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताले ठोस मद्दत पुग्ने तयारी समितिका संयोजक तथा राखेपका सदस्य विनोद मैनालीले बताए।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सफलताका लागि क्षेत्रिय खेलकुद विकास समितिले सहयोग गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।