काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेप्लीज टिमलाई ३-१ ले हराएको छ।
हङ्कङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेपलिज टिमलाई २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो ।
पुर्व राष्ट्रिय खेलाडी सञ्जय अर्यालको कप्तानीमा रहेको हङकङ नेपलिज टिममा उत्तम थापा, सुनिल श्रेष्ठ, राजु रोका, जसबहादुर गुरुङ, नैना गुरुङ, गंगा गुरुङ, युबराज गुरुङ, मिलन शाही, धनु श्रेष्ठ, कुशल कार्की र रविन खड्का रहेका छन।
नेपालले आईतवार र सोमबार हङ्कङबिरुद्द मैत्रिपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बूधबार मैत्रिपूर्ण खेल खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।