एजेन्सी- आइपिएल २०१८ को खेलाडी अक्सन (बोलकबोल)को पहिलो दिन बेन स्टोक्स सबैभन्दा महँगा खेलाडी भएका छन्। इंग्लिस टोलीका अलराउन्डरलाई राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको छ।
पछिल्लो संस्करणमा स्टोक्सलाई राइजिङ पुणे सुपरजायन्टले १४ करोड ५० लाखमा किनेको थियो। आइपिएलको अघिल्लो संस्करणमा स्टोक्सले ३ सय १६ रन बनाएका थिए भने १२ विकेट लिएका थिए।
बेन स्टोक्सलाई इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आइपिएलको ११औं सिजन खेल्ने अनुमति दिएका थिए। २६ वर्षीय स्टोक्स पछिल्लो वर्ष १४ करोड ५० लाखमा लिलामी भएर सर्वाधिक महँगो खेलाडी बनेका थिए।
आइपिएल अक्सनको पहिलो दिन सबैभन्दा बढी मूल्यमा बिक्री हुने ७ खेलाडी:
१. बेन स्टोक्स (इंग्ल्यान्ड) - १२ करोड ५० लाख (राजस्थान रोयल्स)
२. केएल राहुल (भारत) - ११ करोड (किंग्स इलेभेन पञ्जाव)
३. मनीष पाण्डे (भारत) - ११ करोड (सनराइजर्स हैदरावाद)
४. क्रिस लिन (अस्ट्रेलिया) - ९ करोड ६० लाख (कोलकाता नाइट राइडर्स)
५. मिचेल स्टार्क (अस्ट्रेलिया) - ९ करोड ४० लाख (कोलकाता नाइट राइडर्स)
६. ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) - ९ करोड (दिल्ली डेयरडेभिल्स)
७. रशिद खान (अफगानिस्तान) - ९ करोड (सनराइजर्स हैदरावाद)
चर्चित खेलाडी, जो बिकेनन्:
१. वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल
२. इंग्ल्यान्डका कप्तान जोए रुट
३. भारतका टेस्ट ओपनर मुरली विजय
४. दक्षिण अफ्रिकाका हसिम अमला
५. न्युजिल्यान्डका शीर्ष ब्याट्सम्यान मार्टिन गुप्टिल
६. अस्ट्रेलियाका अलराउन्डर जेम्स फल्कनर
७. भारतका टेस्ट विकेट विपर पार्थिव पटेल
आइपिएलको अक्सन आइतबार पनि चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।