काठमाडौं– प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शनिबारबाट सुरु भएको छ। नेपालमै पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्राहरुहका लागि विभिन्न तौलसमूहमा आयोजना गरिएको यो पहिलो प्रतियोगिता हो।
राजधानीको स्वयम्भुस्थित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय शुरु प्रतियोगितामा १९ विद्यालयका १ सय ५० जनाको सहभागिता छ। जुनियर र सिनियर गरी जम्मा १३ वटा तौलसमूहमा फाइटिङ तथा एकल पुम्से र ग्रुप पुम्से गरी जम्मा २ समूहमा पुम्सेको प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिता सञ्चालनका निमित्त नेपाल तेक्वान्दो संघबाट १४ जनाको महिला नै जुरी तथा रेफ्रीहरु खटिएका छन्। सैनिक श्रीमती संघका अध्यक्ष रीता क्षत्रीले पानसमा बत्ति बाली प्रतियोगिताको उद्घाटन गरेकी थिईन। प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा १७ वटा स्वर्ण, १७ वटा रजत र ३४ वटा काश्य पदक प्रदान गरिने छ। आ–आफ्नो डोजाङका खेलाडीले प्राप्त गरेको पदक तालिकाको आधारमा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताका जुनीयर र सिनियर तौलसमूहका उत्कृष्ट खेलाडीलाई उत्कृष्ट खेलाडीको ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।