मेलवर्न– डेनमार्ककी क्यारोलिन वज्नियाकीले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन्। वज्नियाकीले ग्रान्डस्लाम टेनिसको उपाधि जितेको यो पहिलो पटक हो।
वज्नियाकीले शनिबार भएको महिला एकलको उपाधि भिडन्तमा वज्नियाकी रोमानियाकी सिमोना हलेपलाई ७–६ (७–२), ३–६ र ६–४ ले पराजित गर्दै च्याम्पियन बनेकी हुन्।
वज्नियाकीले ४३ औं प्रयासमा पहिलो मुख्य उपाधि जितेकी हुन्। २७ वर्षीया वज्नियाकी जितसँगै विश्व वरियता पहिलो स्थानमा उक्लिएकी छिन्। हारपछि हलेप भने दोस्रो नम्बरमा झरेकी छिन्।
युएस ओपन टेनिसमा दुई पटक उपविजेतामै सीमित बनेकी उनी ग्रान्डस्ल्यामको उपाधि जित्ने पहिलो डेनिस खेलाडी बनेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।