हैदराबाद (एजेन्सी)– भारतको दक्षिणी राज्य हैदराबादमा स्थानीय क्रिकेट प्रतियोगिताको दौरान बलिङ गर्ने क्रममा २३ वर्षीय एक बलरको ह्दयघातका कारण निधन भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार बंजारा हिल्स क्षेत्रमा शुक्रबार राति स्थानीय दुई टिम भिडेका थिए। जसमा लोयड एन्थोनी नाम गरेका बलर बलिङ गर्ने क्रममा अचानक मैदानमै लडेका थिए। उनलाई तत्कालै अस्पताल पनि लगिएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गर्यो।
चिकित्सकका अनुसार ह्दयघात बन्द भएका कारण एन्थोनीको निधन भएको हो। सोसल मिडियामा शनिबार सार्वजनिक भएको भिडियोमा एन्थोनीलाई बलिङ गर्दै गरेको देखिएको थियो। उनी बलिङ गर्न दौडिरहेको बेला अचानक लडेका थिए। उनी स्थानीय एउटा कलेजमा काम गर्ने गर्दथे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।