काठमाडौं- कैलालीको टीकापुर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक माग गर्दै आफन्त गुमाएका पीडित र अधिकारकर्मीले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन्।
छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन जतिसक्दो चाँडै सार्वजनिक गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्। वर्षौंसम्म न्याय नपाएकाले प्रतिवेदन सार्वजनिक हुनुपर्ने उनीहरुको माग छ।
मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई २९ मंसिरमा प्रतिवेदन बुझाएको थियो। सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो। आयोगका सदस्यहरुमा नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, अनुसन्धान विभागका सुवाचन्द्र झा र नायब महान्यायाधिवक्ता सूर्य कोइराला थिए।
सरकारले २०७३ भदौमा मधेसी दलहरुको सम्झौता अनुसार यस्तो आयोग गठन गरेको थियो। कानुनविदका तर्फबाट सूर्य कोइराला, महिला तथा अदिवासी जनजातिको तर्फबाट सजन लोप्चन सदस्य थिए। समितिको सदस्य–सचिवको जिम्मेवारी गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख यादव कोइरालालाई दिइएको थियो।
तस्बिरहरु-



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।