काठमाडौं- नेपाली आधुनिक गीतका चर्चित गायक आनन्द कार्कीले धादिङका एक सय चेपाङ परिवारलाई न्यानो वितरण गरेका छन्।
धादिङ सदरमुकामदेखि चार घन्टा टाढा रहेको चेपाङ बस्तीमा कार्कीले कम्बल, खाद्यान्य र लत्ताकपडा वितरण गरेका हुन्। कार्कीलाई रोटरी क्लब अफ जावलाखेल, चितवन र काठमाडौं मेट्रोले कम्बल वितरणमा सहयोग गरेको थियो। गायिका सविना कार्कीसहितको टोलीले शनिबार चेपाङ बस्तीमा न्यानो वितरण गरेको हो।
बस्तीका बालबालिका र वृद्धको अवस्था साह्रै दयनीय पाइएकाले न्यानो कपडा वितरण गरिएको गायक कार्कीले बताए। केही महिनाभित्रै चेपाङ बस्तीमा स्वास्थ्य शिविरसमेत सञ्चालन उनको भनाइ छ।
बस्तीमा खानेपानीको अभाव हुनुका साथै शिक्षाबाट बालबालिका वञ्चित भएको पाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।