काठमाडौं– शनिबार धनुषा र पाँचथरमा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। धनुषामा ६ तथा पाँचथरमा २ जनाको मृत्यु भएको हो।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै बिहान साढे २ बजे बा ९ च ३३१४ नम्बरको टाटासुमो अनियन्त्रीत भई दुर्घटना हुंदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभा धर्मदेवि नगरपालिका ९ का २२ बर्षिय छत्र बहादुर जिमी, मोरङग बिराटनगर महानगरपालिका ४ का ४५ बर्षिया सारदा रेग्मी, मोरङग लेटाङगका ४० बर्षिय खेम कुमार रानामगर, मोरङगै ३२ बर्षिय प्रह्लाद न्योपाने, खोटाङ निर्मलीडाडाका २७ बर्षिय ज्ञानबहादुर चौहान र पांचथर की ३१ बर्षिया प्रनिता राई रहेका छन् ।
सुमोमा सवार सामान्य घाइते भएका ५ जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको छ। काठमाडौंबाट झापा जाँदै गरेको सुमो दुर्घटनामा परेको हो।
त्यस्तै पाँचथरमा जिप दुर्घटनामा परेको छ।
पाँचथरको याङवरक गाउँपालिका मा ज ६० ८५ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा जिपमा सवार ६ जना यात्रु भने घाइते भएका छन्। पाँचथरकै याङवरक गाउपालिका ३ का १९ वर्षिय प्रवेश योङया र १६ वर्यिय सन्दिप योङयाको मृत्यु भएको छ। घाइते भएका जिपमा सवार ६ जनालाई उपचारको लागि झापा पठाईएको स्थानीय प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।