काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)को एघारौं संस्करणका लागि खेलाडीहरुको अक्सन (बोलकबोल) सुरु भएको छ।
अधिकांश क्रिकेटप्रेमीको ध्यान खेलाडीमाथि लाग्ने बोलीमा रहँदा सबैलाई अचम्मित पार्दै इंग्ल्यान्डका बेन स्टोक्स १२ करोड ३० लाख भारुमा बिक्री भएका छन्। उनलाई राजस्थान रोयल्सले किनेको हो।
अक्सन शनिबार र आइतबार गरी दुई दिनसम्म चल्ने अक्सनमा भारतीयसहित विश्वभरका ५ सय ७८ खेलाडीमाथि बोली लगाइनेछ। अहिलेसम्म क्रिस गेललाई कसैले किनेको छैन।
अक्सनमा भारतीय खेलाडीतर्फ गौतम गम्भीर र युवराज सिंहलाई दिल्ली डेयरडेभिल्सले किनेको छ। उनीहरु दुवैलाई एकदमै कम मूल्य लागेको छ। युवराजलाई दुई करोड र गौतमलाई २ करोड ८० लाखमा किनिएको छ।
शिखर धवनलाई राइट टु म्याच अनुसार सनराइजर्स हैदराबादले किनेको छ भने रविचन्द्रन आश्विन किंग्स इलेभेन पञ्जावमा गएका छन्। शिखर धवनलाई सुरुमा किंग्स इलाभेन पञ्जावले पाँच करोड २० लाखमा किनेकोमा सनराइजर्सले आफ्नो पालोमा राइट टु म्याच कार्डको अधिकार प्रयोग गर्दै शिखरलाई किनेको थियो।
रविचन्द्रन आश्विनलाई पञ्जावले सात करोड ६० लाख रुपैयाँमा खरिद गरेको छ।
आजिक्या रहाणेलाई राइट टु म्याच अन्तर्गत राजस्थान रोयल्सले फेरि आफ्नो टिममा लिएको छ। उनलाई किंग्स इलाभेन पञ्जावले ४ करोड रुपैयाँमा किनेकोमा पछि राजस्थानले उनलाई आफ्नो टोलीमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।