काठमाडौं- बलिउडकी दिग्गज अभिनेत्री स्व श्रीदेवीको बायोग्राफी आउने भएको छ।
पेन्गुइन रेन्डम हाउस इन्डियाले उक्त पुस्तक प्रकाशित गर्ने घोषणा गरेको हो। 'श्रीदेवी : गर्ल वुमन सुपरस्टार' शीर्षकमा पुस्तक प्रकाशित हुनेछ।
पुस्तकको लेखनमा सत्यार्थ नायकले सघाएका छन्। श्रीदेवीका पति बोनी कपूरले पुस्तक प्रकाशनका लागि सहमति जनाएका छन्। श्रीदेवीको गत वर्ष निधन भएको थियो।
प्रकाशन संस्थाका अनुसार किताबमा श्रीदेवीको जीवन र उनीसँग जोडिएका रोचक सन्दर्भहरु समेटिएका छन्। पुरुष प्रधान फिल्म उद्योगमा एक महिला कसरी स्टार बन्न सकिन्, पुस्तकले बोल्नेछ।
पुस्तक आउँदो अक्टोबरमा प्रकाशित हुनेछ।
अहिले पुस्तक इ-कमर्स वेबसाइटमा प्रि-अर्डरको लागि उपलब्ध छ।
बलिउड अभिनेत्री विद्या बालनले आफ्नो इन्स्ट्रागाममा किताबको कभर सेयर गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।