• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

स्वर्गद्वारीको महिमा चुलिँदा महाप्रभुको जन्मथलो रुन्टी ओझेलमा

64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  ०७:२३
1140x725

रोल्पा- महाप्रभुले ध्यान गरेको स्थान स्वर्गद्वारीको महिमा चुलिँदै गर्दा उनको जन्मस्थल रुन्टी भने चर्चा र चासोभन्दा टाढा छ। बाल तपश्वीको नामले प्रख्यातस्वर्गद्वारी महाप्रभुको कर्मस्थलस्वर्गद्वारी राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको शिखरमा भइरहदा उनको जन्मस्थल रुन्टी भने गुमनाम जस्तै छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जस्तै महाप्रभुको जन्मस्थल रुन्टीलाई पनि पवित्र धार्मिक स्थल बनाउन सकिने प्रसस्तै सम्भावना भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा महत्वपूर्ण मानिएको स्थान गुमनाम जस्तै हुन पुगेको हो। रुन्टीलाई पर्यटक आवागमनका हिसाबले 'मिनी-लुम्बिनी' बनाउन सकिने प्रसस्तै सम्भावना भएको सांस्कृतिक तथा धार्मिक क्षेत्रका अभियान्ताहरुको भनाइ छ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाअन्तर्गत साविक सखी गाविस-९ मा रहेको महाप्रभुको जन्मस्थल रुन्टीमा न्यूनतम पूर्वाधारको समेत विकास हुन नसक्दा छायामा पर्दै गएको स्थानीयहरुको गुनासो छ। 

भौतिक पूर्वाधार तथा सांस्कृतिक प्रवर्द्धनमा लगानी हुन नसक्दा रुन्टीले आफ्नो गरिमा र महत्वलाई बाहिर ल्याउन नसकेको जानकारहरुको बुझाई छ।  महाप्रभुको जन्मस्थल मात्र नभएर अखण्ड यज्ञ लगाएको, सन्यासग्रहण गरेको र लामो समय तपस्या समेत गरेको हुनाले पनि रुन्टीकोे महिमा उच्च रहेको सो मन्दिरका पुजारीहरु बताउँछन्।

दाङ सदरमुकाम घोराहीबाट करिव ३२ किलोमिटर उत्तरतिर पर्ने रुन्टीको प्रचारप्रसार र महिमा बढाउन भन्दै पछिल्लो पटक गरिएको स्थानीय तहको पुनरसंरचनामा गाउँपालिकाको नाम रुन्टीगढी राखिएको छ। रुन्टी महाप्रभुको जन्मस्थल र बाइसे-चौबीसे राजाहरुले शासन गर्दा गढको रुपमा प्रयोग गरेको लेकलाई जोडेर रुन्टीगढी गाउँपालिका राखिएको सो गाउँपालिका अध्यक्ष बालाराम बुढाको तर्क छ। 'पवित्र धार्मिक स्थल रुन्टी र सामरिक महत्वको स्थान गढीको समुच्च प्रचार-प्रसारका लागि स्थानीय तह नामाकरणको बेला यो नाम राखेका हौ,' अध्यक्ष बुढाले भने।

रोल्पा सदरमुकाम लिवाङबाट दक्षिणमा पर्ने रुन्टी होलेरी बजारबाट करिब ९ किलोमिटर पूर्वमा पर्दछ। रुन्टीको धार्मिक महत्वसँगै यस क्षेत्रको प्राकृतिक मनोरम दृश्यले प्रकृतिप्रेमीहरुलाई लोभ्याउने क्षमता राख्दछ। प्यूठान जिल्लाकोस्वर्गद्वारी नगरपालिकामा रहेको स्वर्गद्वारी महाप्रभुले कर्म गरेको स्थानदेखि रुन्टीसम्मको सडक दुरी करिब १५ किलोमिटर मात्र रहेको छ।

स्वर्गद्धारी धार्मिक क्षेत्र, रुन्टी धार्मिक क्षेत्र, ऐतिहासिक किल्ला गढी लेक, त्यस आसपासको मनोरम वनजंगल, वन्यजन्तु, लहरै देखिने हिमालहरुको अवलोकन, होलेरी बजारको हावापानी आदीका कारण यस क्षेत्र नेपालकै उत्कृष्ट पर्यटकिय क्षेत्र हुने सम्भावना रहेको छ। वसन्त ऋुतमा फुल्ने लालीगुराँसको ताँतीले रुन्टी जस्तो पूण्यभूमिको गौरवलाई सुन्दर र समृद्ध बनाउने गर्दछ। यति मात्र होइन हिन्दु धर्ममा विश्वास गर्नेहरुका लागि रुन्टी एक तिर्थस्थल पनि हो। यद्यपि रुन्टीको समग्र विकासको लागि सरकारी लगानी भने खासै हुन सकेको छैन।

ऐतिहासिक किल्ला गढी लेक।

नारायण खत्री अर्थात् महाप्रभुको जन्म विसं १९१६ साल श्रावण शुक्ल एकादशीको रातमा भएको थियो। पिता अनिरुद्र गौतम खत्री र माता स्वेतकुमारी गौतम खत्रीको पहिलो सन्तानको रुपमा जन्म लिएका उनै नारायण खत्री पछि महाप्रभुको रुपमा प्रकट भएका थिए। दैवीशक्तिको अद्भूत क्षमता भएका मानिने प्रभुको त्याग र तपस्याले सिंगो मानव समुदायको हित र कल्याणमा लाग्न प्रेरित गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

उनै तपस्वीले स्वर्गद्वारीमा महायज्ञको आयोजना गरेका थिए। बालक नारायणले आफ्नो कर्मले प्रभु, महाप्रभु, बालतपस्वीका साथै सन्यास ग्रहणपछि स्वामी हंसानन्द गिरीको रुपमा पनि जीवन बिताएको पाइन्छ।  यसै गाँउमा अखण्ड वैदिक यज्ञको थालनीसमेत गरिएको पाइन्छ। प्रभु जन्मिएको सो स्थानमा अहिले सानो मन्दिर रहेको छ। मन्दिरभित्र प्रभुको पवित्र खराउ र मूर्ति राखिएको छ।

अनुयानीहरु प्रभुको खराउ र मूर्तिमा पूजा गर्न पुग्दछन्। यसका साथै प्रभु जन्मेको घरमा प्रयोग भएका झ्याल प्रयोग गरेर सानो धर्मशाला निर्माण गरिएको छ। धर्मशाला र मन्दिर रहेको ठाउँदेखि करिब ५ सय मिटरमाथि प्रभुले निर्माण गरेको यज्ञशालाको अवशेष पनि भेटिन्छ। यस क्षेत्रमा प्रभुले ३५ वर्ष बिताएको बताइन्छ।

नेपालका महत्वपूर्ण धार्मिक गन्तव्यअन्तर्गत स्वर्गद्वारीको महत्व र महिमा अतुलनीय भए पनि रुन्टी भने गुमनाम छ। रुन्टीलाईस्वर्गद्वारीको पुरक धार्मिक गन्तव्यको रुपमा विकास गर्न सके यसको महिमा अझै बढ्दै जाने र पश्चिम नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्नेमा दुई मत छैन।

स्वर्गद्वारीको दर्शन गर्ने कुनै पनि भक्तजनले महाप्रभुको जन्मस्थल रुन्टीको दर्शन नगरे मनोकांक्षा पूरा नहुने धार्मिक विश्वास छ। प्यूठान भिंग्रीको बाटो हुँदै स्वर्गद्वारी दर्शन गर्ने अनि रुन्टीको दर्शन गरी दाङ झर्न सकिन्छ। यतिमात्र होइन दाङबाट गाडीको यात्राबाट रुन्टी पुग्न सकिन्छ। रुन्टी अवलोकन गरी स्वर्गद्धारी पुग्न पनि सकिन्छ।

Xtrem

Xtrem

पछिल्ला दिनमा रुन्टीलाई सडक सञ्जालले जोडेको भए पनि यसको निरन्तर विकासमा राज्यले थप ध्यान दिनुका साथै पूर्वाधार विकासमा ठूलै लगानी गर्नुपर्ने धार्मिक पर्यटनका जानकारहरुको भनाइ छ। 

स्थानीय सरकार गठनसँगै उक्त क्षेत्रको प्रचारप्रसारमा केही सक्रियता भने देखाइएको छ। सोही क्रममा रुन्टीगढी अक्षर सम्मेलन सम्पन्न गरिएको थियो। सम्मेलनमा देशभरका साहित्यकार, पत्रकारहरुको उपस्थिति रहेको गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दीपक डिसीले जानकारी दिए

'यस क्षेत्रको थप प्रचार गर्नका लागी चालू आर्थिक वर्षमा राष्ट्रिय स्तरको मिडिया सम्मेलन गर्ने सोच बनाएका छौं,' डिसीले भने।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्