• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खाद्य संस्थानले कर्णालीबाट किनेको १६ सय क्विन्टल सिमी र फापर किन बेच्न सकेन?

64x64
नेपाल लाइभ शुक्रबार, माघ १२, २०७४  २१:०८
1140x725

नेपालगन्ज– खाद्य संस्थानले कर्णालीको उत्पादन सिमी, फापर र मास खरिद गरेर सहरी क्षेत्रमा पुर्याउने कार्यक्रम व्यवस्थानको लापरबाहीका कारण अपलत्र परेको छ।

कर्णालीबाट खरिद गरिएका उत्पादन सिमी, फापर र मासजस्ता पौष्टिक र अर्कानिक खाद्यान्न बजारीकरण नहुँदा संस्थानको काठमाडौं थापाथलीस्थित गोदाममा २ वर्षदेखि थन्किएको छ।

तराईका जिल्लाबाट चामल खरिद गरी सरकारी अनुदानमा ढुवानी गरेर कर्णालीका दुर्गम जिल्लामा पुर्‍याउने र कर्णालीको उत्पादन खरिद गरेर सहरी क्षेत्रमा पुर्‍याई बिक्री गर्ने कार्यक्रम सुन्दा जति लोकप्रिय लागे पनि संस्थानको लापरबाहीले गोदाममा ९ सय क्विन्टल सिमी र ७ सय क्विन्टल फापर थन्किएको छ।

आर्थिक वर्ष २०७१/०७२ देखि चामल पुर्‍याउने ट्रकले कर्णालीको सिमी र फापर ल्याएर फर्कने गरी सो कार्यक्रम सुरु गरिएको थियो।

आफैंले उत्पादन गरेको सिमी र फापर खाद्यको डिपोमा लगेर बेच्न र त्यही पैसाले चामल किनेर ल्याउन सहज होस् भनेर कर्णालीमा अनुदानको चामल पुर्‍याउँदा स्थानीय बासिन्दाको उत्पादनलाई राम्रो मूल्य दिएर किन्ने कार्यक्रम सुरु गरिएको थियो।

आफैंले उत्पादन गरेको सिमी र फापरले राम्रो बजार भाउ नपाउने समस्याका कारण पछिल्ला वर्ष कर्णालीका बासिन्दाले खेतबारीमा उत्पादन हुने सिमी, फापर र भटमासको खेती गर्न छाडेका थिए। स्थानीयले उत्पादन नगर्ने तर सधैं चामलका लागि हारगुहार गर्ने प्रवृत्ति बढ्दै गएपछि संस्थानले चामल दिने र सिमी, फापर किन्ने कार्यक्रम सुरु गरेको हो।

कर्णालीमा १ सय १० रुपैयाँ प्रतिकेजी पर्ने सिमी काठमाडौंमा प्रतिकेजी १ सय ५० र प्रतिकेजी ८० रुपैयाँ पर्ने फापर काठमाडौंमा ९० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने उद्देश्यले संस्थानले मूल्य निर्धारण गरेको थियो। यद्यपि संस्थानले कर्णालीको उत्पादन बिक्रीका लागि पहल नगर्दा फापर र सिमी २ वर्षदेखि गोदाममै छ। 

संस्थानका महाप्रवन्धक कुमारप्रसाद दाहालले भने, ‘कर्णालीबाट सिमी र फापर खरिद गरेर काठमाडौं पुर्याइयो, तर काठमाडौं लगेर कसरी बिक्री गर्ने भन्ने योजना र रणनीति नहुँदा गोदाममै थन्किएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सिमी र फापर बिक्रीका लागि पत्रिकामा सूचना निकाल्दा समेत बिक्री नभएपछि मूल्य घटाएर भए पनि खुद्रा बिक्रीका लागि आकर्षक प्याकिङ र ब्रान्डिङ गरेर कर्णालीको कोसेलीका रुपमा बिक्री गर्ने योजना बनाएको महाप्रबन्धक दाहालले बताए।

काठमाडौंमा थन्किएको सिमी, फापर बिक्री गरेर यस वर्ष पनि करिब ६ सय ३० क्विन्टल सिमी र फापर कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगुबाट खरिद गर्ने लक्ष्य राखिएको उनले बताए।

यो वर्ष संस्थानले कालीकोटबाट १ सय क्विन्टल सिमी र ३० क्विन्टल फापर, हुम्लाबाट ५० क्विन्टल सिमी, मुगुबाट १ सय क्विन्टल सिमी र ३० क्विन्टल फापर र मास खरिद गर्न लागेको छ। 

त्यसैगरी, जुम्लाबाट १ सय क्विन्टल सिमी र ३० क्विन्टल फापर तथा दैलेखबाट १ सय ४० क्विन्टल भटमास खरिद गर्न लागिएको संस्थानले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संस्थानका कर्मचारीले हुम्लामा दुई केजी चामल बराबर एक केजी सिमी खरिद गर्न सकिने व्यवस्थापनसँग प्रस्ताव गरेका छन्। 

यस वर्ष सिमी, फापर र भटमासजस्ता कर्णालीका उत्पादनको नमूनाको गुणस्तर विभागबाट जाँच गरेपछि मात्र खरिद सुरु गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ।

संस्थानले यो वर्ष मुगुमा प्रतिकेजी १ सय ४० रुपैयाँका दरमा सिमी र ८० रुपैयाँका दरले  फापर र  १ सय ४५ रुपैयाँ प्रतिकेजीका दरले मास खरिद गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्