• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
मधेसमा कांग्रेस-४ : गिरिजाको देहान्तपछि मधेसमा कांग्रेस लगभग सिद्धियो : सीके लाल [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  १०:५०
1140x725

नेपाली कांग्रेसका लागि मधेस इतिहासदेखि नै आधार क्षेत्र बन्दै आएको छ। कांग्रेसले सञ्चालन गरेका प्रजातान्त्रिक आन्दोलनमा मधेसको सक्रिय समर्थन रहँदै आएको थियो। पछिल्लो समय कांग्रेसप्रति मधेसको मोह भंग भएको छ। आधार क्षेत्रमा कांग्रेस कमजोर हुँदै गएको छ। पटक-पटक मधेसकै आडमा सत्ताको बागडोर समाल्न पुगेको कांग्रेससँग मधेसका खास अपेक्षा के थिए? कांग्रेसले कति सम्बोधन गर्न सक्यो त? नेपाल लाइभको ‘मधेसमा कांग्रेस' शृङ्खलाका लागि राजनीतिक विश्लेषक सीके लालसँग लिलु डुम्रेले गरेको कुराकानी।

मधेसी जनताले आफ्नो मुद्दामा कांग्रेससँग गरेको अपेक्षा कति पुरानो हो?
यसलाई ३/४ चरणमा हेर्नुपर्छ। सन् १९५० को दशकमा त्यसबेलाको युग चेतनाअनुरुप मधेसको कांग्रेससँग अपेक्षा समानताको थियो। सामाजिक समनता, सांस्कृतिक समानता, राजनीतिक समानता भयो भने अन्य कुरा बिस्तारै समाधान हुँदै जान्छन् भन्ने अपेक्षा थियो। राणा शासनको विरोधमा मधेस तात्तिएको समानता र सम्मानको लागि हो।

जब कांग्रेसको सत्ता विसं २०१५ पछि सुरु भयो, मधेसलाई के लाग्यो भने राजनीतिक समानताले मात्रै त नपुग्ने रहेछ। समानुपातिक प्रतिनिधित्वको पनि उत्तिकै महत्व हुने मधेसले बुझ्यो। त्यो अक्षरमा लागू भए पनि भावनामा लागू हुँदैन। भावनामा लागु हुनका लागि समानुपातिक प्रतिनिधित्व हुनुपर्छ। त्यस समयको मन्त्रीमण्डलमा सबैभन्दा बढी रामनारायण मिश्रले उठाएका थिए। बिपी मन्त्रीमण्डलमा उद्योग मन्त्रीसमेत रहेका उनले वैदेशिक लगानी भित्र्याउन पहल गरेका थिए। 'मधेसी अधिकार सम्मानका लागि विशेष केही चाहिन्छ' भन्ने आवाज उनले त्यसैबेला उठाएका हुन्।

दुर्भाग्यवश १८ महिनामै कांग्रेसको सरकारलाई राजाले हस्तक्षेप गरे। यही छेकोमा कांग्रेसका नेताहरुले भन्न पाए हामी काम त गर्दै थियौं, हामी त अगाडि बढ्दै थियौं। उनीहरुले कांग्रेसले अवसर पाए मधेसीका मुद्दा उठाउँछ पनि भन्न पाए। मधेसले न्याय पाउँछ भने। कांग्रेसले आश्वस्त पारेको हुनाले मधेसमा कस्तो परिस्थिति बन्यो भने मधेसी मुलकाले पर्वते अनुहार भएकाहरुलाई सहजै ठाउँ छोडिदिए। सरोज कोइरालाको लागि एउटा यादवले ठाउँ छोडिदिए। रेग्मीका लागि अर्का झाले ठाँउ छोडिदिए। समानता र सम्मानका लागि कांग्रेसलाई साथ दिनुपर्छ भनि ठाउँ खालि गरिदिए।

एउटा नागरिकता लिनको लागि पनि 'महाभारत' भएपछि यस देशमा मधेसीको भविष्य नै छैन भन्नु त स्वभाविक हो नि। त्यसै राजाविरुद्ध मधेसीले बम हानेको त होइन नि। मधेसको पार्टी भनेको कांग्रेस हो भनेर नै मधेसीले बम हान्न साहस जुटाएका हुन्।

पञ्चायतकालमा मधेसी जनताले एउटा नागरिकता बनाउनका लागि ढाका टोपी भाडामा लिनुपर्ने बाध्यता थियो। नेपाली भाषा नजानेको भए नागरिकता प्राप्त गर्न गाह्रो हुने, सिफारिसको लागि शाखा अधिकृत चाहिने थियो। शाखा अधिकृत मधेसमा खोजेर पनि पाइने अवस्था थिएन। सर्जमिन गर्न प्रहरी जाने, तर प्रहरीमा मधेसीको प्रवेश थिएन।

एउटा नागरिकता लिनको लागि पनि 'महाभारत' भएपछि यस देशमा मधेसीको भविष्य नै छैन भन्नु त स्वभाविक हो नि। त्यसै राजाविरुद्ध मधेसीले बम हानेको त होइन नि। मधेसको पार्टी भनेको कांग्रेस हो भनेर नै मधेसीले बम हान्न साहस जुटाएका हुन्। कांग्रेसका लागि मधेसीको त्यो भरोसा सन् १९८० सम्म रह्यो। कांग्रेस मधेसलाई आश्वासन दिइरहेकै थियो- न्याय हुन्छ, न्याय हुन्छ, न्याय हुन्छ।

जनमत संग्रहपछि कांग्रेसमा विचलन देखियो। त्यस बेलासम्म पार्टी प्रतिबन्धित थियो। आश्वासन बाँडे मात्रै पुग्ने थियो। खुलारुपमा आइसकेपछि स्रोत चाहिए मधेसले दिने, कार्यकर्ता चाहिए मधेसले दिने। निर्णय गर्ने ठाउँमा खस-आर्य, तत्कालिन भाषामा भन्नुपर्दा बाहुन क्षेत्री। मानव स्रोतका लागि मधेस, बैठक गर्ने ठाउँका लागि पनि मधेस, चन्दा उठाउन पनि मधेस। तर, निर्णयमा मधेसको अस्तित्व कहीँ रहेन। जनमत संग्रहपछि अलिकति वितृष्णा आउँदैथियो।

गिरिजाप्रसाद कोइरालाले सम्हाल्ने काम गरे। त्यो बेलाको समयलाई हेरियो भने जनमत संग्रहपछि मधेसमा सबैभन्दा बढी दौडाहा गरेको व्यक्ति गिरिजा नै हो। नेपाल भित्रबाट नभ्याएको बेला बोर्डरबाट छिरेर भए पनि मधेसीलाई आश्वस्त बनाउँदै उनी हिँडेका छन्। उनले अहिले(जनमत संग्रहपछि) पनि मधेसको लागि कांग्रेस नै हो भन्ने छाप छोडे। मधेसले उनलाई पत्यायो पनि।

अब त मधेसीको कांग्रेससँग केही पनि अपेक्षा छैन। केही गर्ला भन्ने पनि छैन।

सन् १९९० पछिको चरणको कुरा गरौं। त्यसपछि कांग्रेस सत्तामा पुग्यो। सत्तामा पुगेपछि कांग्रेसको फरक चरित्र देखियो। त्यसबेला मुख्यतया दुई प्रकारका चरित्र देखिए- कांग्रेस र एमाले। एमालेले अलिअलि कार्यकर्ता पनि हेर्ने। कांग्रेस त नातागोताभन्दा बाहिर जानै सकेन। नियुक्ति दिनुपर्‍यो भने कांग्रेसले नातागोतामात्रै हेर्‍यो। कसले कुन नेतासँग नाता जोड्न सक्छ, त्यसमै कांग्रेस सिमित भयो। मधेसीको नातागोतामा ठूला नेता त कोही थिएन। कोइराला हो भने त्यान्द्रो जोड्दै पूर्वी पहाडका बाहुनहरु त सबै पुग्न भ्याउने भए। कृष्ण प्रसाद भट्टराईसँग गोरखाका भट्टराईदेखि सबै नातागोता जोड्न आए। मधेसका भनेका महेन्द्र नारायण निधी, शेख इद्रिस सानो आवाज मात्रै थिए। सन् १९९० पछि मधेसीको वितृष्णा फेरि बढ्यो।

समानुपातिक प्रतिनिधित्व, उपस्थिति, प्रशासनिक नियुक्तिमा हाबी एकल जातीय जस्तो पो बन्दै गएको आभास मधेसी जनतामा भयो। पञ्चायतकालमा देखाउनकै लागि भए पनि २/४ जना राखिन्थे। देखाउनलाई पनि बन्द हुन थाल्यो। विसं २०४७ अघि प्रशासनमा बाहुन/क्षेत्रीको उपस्थिति ६० प्रतिशत भन्दा कम थियो। त्यसपछि ८० प्रतिशत हुँदै कुनैबेला त्यसलाई पनि नाघ्यो। राज्य एकल जातीय चरित्रको देखिदैं गयो।

यसैबीचमा के भयो भने अरबका लागि रोजगारी खुल्यो। ठूलो जमातमा मधेसी युवा रोजगारीमा लागे। जुनरुपमा पहाडी मुलका युवाहरु कुनैबेला गोर्खा भर्तीमा लागेका थिए। मधेसी युवा अरबी देशमा रोजगारीमा जान लागे। फलतः पार्टी विरुद्धमा विद्रोह गर्ने युवा जमात हुन पाएन। राजालाई प्रत्यक्ष शासनको मोह जाग्यो। आशा कसलाई गर्ने त? दल तिनै हुन्- कांग्रेस, एमाले, माओवादी। माओवादीमा केही मधेसी जनता त लागे। एमालेको भ्रुण देखिनै मधेस विरोधी रहेको हुनाले जनमत कांग्रेसतर्फ देखिन थाल्यो। राजाको विरुद्धमा सबैभन्दा पहिले र ठूलो विरोध जनकपुरमा भयो। काठमाडौंमा पछि मात्रै भएको हो।

मधेसको पछिल्लो समय झिनो अपेक्षा त्यहीँको जगमा उभिएका स्थानीय पार्टी वा पटक-पटक खेलवाड गरे पनि एमाले र माओवादीबाट बनेको दोहोरो नेकपाले पो केही दिन्छ कि भनि त्यतातिर अलि-अलि ढल्कँदैछन्।

अन्तरिम संविधान आयो। त्यसको विरोध पहिलोपटक मधेसमै भयो। २०६२/६३ को जनआन्दोलनपछि के भयो भने विदेश देखेर आएका मधेसी युवामा हामी पनि पदमा देखिनुपछ भन्ने भयो। अन्तरिम संविधानले माओवादीलाई सम्बोधन गरे पनि मधेसी, जनजाति, दलितलाई सम्बोधन गरेन। दलित र जनजाति धेरैजसो चुप लागे। मधेस चुप लागेन। अनि मधेस विद्रोह भयो। जसको फलस्वरुप जनसंख्यामा आधारित निर्वाचन क्षेत्रको बाँडफाँट गरिने भइयो।

दोश्रो मधेस विद्रोहमा समानुपातिक उपस्थितिको माग उठ्यो। संघीयता सुनिश्चित हुने कुरा आयो। तर, कागजमा लेखेर नहुने रहेछ। पहिलो संविधानसभालाई तुहाइयो। दोश्रो संविधानसभामार्फत केही पार्टीहरु त आए। कांग्रेससँगको जुन सम्बन्ध मधेसीको थियो, उनीहरुले भन्न थाले- हाम्रो मागको सम्बोधन क्षेत्रीय पार्टीले गर्न सक्दैन, ओत त राष्ट्रिय पार्टीको नै चाहिन्छ। क्षेत्रीय दल सत्ताको भागिदार मात्रै हुने हो। भनेको गर्नेहरुलाई मुलधारका राष्ट्रिय पार्टी नै हाबी हुन पुग्छन्। तसर्थ क्षेत्रीय पार्टीसँग धेरै अपेक्षा पनि हुँदैन। उत्पिडित समूह मुलतः राष्ट्रिय पार्टीसँगै जोडिन खोज्छन्। फेरि पनि कांग्रेससँग अपेक्षा थियो। संविधान जारी हुने बेलासम्म आइपुग्दा मधेसीको सम्बन्ध  कांग्रेससँग लगभग टुट्यो। अब त मधेसीको कांग्रेससँग केही पनि अपेक्षा छैन। केही गर्ला भन्ने पनि छैन।

मधेसको पछिल्लो समय झिनो अपेक्षा त्यहीँको जगमा उभिएका स्थानीय पार्टी वा पटक-पटक खेलवाड गरे पनि एमाले र माओवादीबाट बनेको दोहोरो नेकपाले पो केही दिन्छ कि भनि त्यतातिर अलि-अलि ढल्कँदैछन्।

अहिले भएका तथाकथित मधेसवादी दलले उठाएका विषय सन् १९९० को दशकमा उठेको हो। अहिले पनि नयाँ विषय त केही उठाएका छैनन्। यीनै मुद्दाका लागि ७० वर्षदेखि लडिरहेको हो।

मधेसको अपेक्षा कांग्रेससँग प्रारम्भका समयमा हिन्दी भाषा र नागरिकताको थियो। कांग्रेसले मधेसीको आवाज नसुनेको भनि वेदानन्द झाले 'तराई कांग्रेस' त त्यतिबेलै गठन गरेका थिए नि?
सन् १९५० को दशकको कुरा हो त्यो। मुद्दा ति मात्रै थिएनन्। संघीयताको माग त त्यो बेला पनि उठाइएको थियो। भाषामा नेपाली मात्रै होइन सम्पर्क भाषा हिन्दी पनि हो भनि हिन्दी भाषाको मागलाई सम्बोधन हुनुपर्ने जिकिर गरियो। सबै मधेसीले नागरिकता पाउनुपर्छ, नेपाल राज्य संघीयतामा जानुपर्छ भन्ने आवाज त रघुनाथ ठाकुर र वेदानन्द झाले त्यतिबेलै उठाएका हुन्। अहिले भएका तथाकथित मधेसवादी दलले उठाएका विषय सन् १९९० को दशकमा उठेको हो। अहिले पनि नयाँ विषय त केही उठाएका छैनन्। यीनै मुद्दाका लागि ७० वर्षदेखि लडिरहेको हो।

मधेसीले उठाएका मुद्दा कांग्रेसले सम्बोधन गर्न नसक्ने भनि वेदानन्द झाले मधेसका लागि विसं २०१५ मा गठन गरेको तराई कांग्रेसले शर्मानाक हार बेहोनुपर्ने कारण के हुन पुग्यो?
तराई कांग्रेसको जमानत जफत भएको थियो। उत्पिडित समुदायमा के हुन्छ भने हाम्रो माग क्षेत्रीय पार्टीले पूरा गर्न सक्दैनन् भन्ने सोच रहेको हुन्छ। विभाजन वा स्वतन्त्रताको कुरा लिएर गएका क्षेत्रीय पार्टीले गर्नसक्छ कि सोचिएको हुन्छ। क्षेत्रीय पार्टी हुँदा सत्तामा साझेदारी हो। संविधान त बदल्न सक्दैनन्। २५ सिट जितेर नेपालमा शासन चलाउन सक्दैनन्।

संघीयता, समानता दिन नसक्ने पार्टीले सत्तामा भागिदार भएर २/४ सिटको भागवण्डा गर्ने हो। मतदाता बेवकुफ हुँदैनन्। राष्ट्रिय मुद्दाको लागि राष्ट्रिय दल खोजिन्छ। त्यतिबेला कांग्रेसले आस जगाएको थियो नि त।

बिपी गुण देखिने गरी पक्षपात गर्दैनथे। हाम्रो होइन कि राम्रो हुनुपर्छ भन्ने भावना उनमा थियो। त्यसले राजनीतिकर्मीलाई राजनेता बनाउन सहयोग पुर्‍याउँछ।

बिपीको नेतृत्वले मधेसलाई कांग्रेससँग जोड्न सकेका थिए भनिन्छ। के मधेसमा विपीको ओजिलो वा चमकदार नेतृत्व भएकै हो?
मधेस होस् वा पहाड, बिपीका २/३ वटा गुणहरु थिए। ति गुणले राजनेता बनाउनको लागि सहयोग पुग्छ। पहिलो उनको गुण देखिने गरी पक्षपात गर्दैनथे। हाम्रो होइन कि राम्रो हुनुपर्छ भन्ने भावना उनमा थियो। त्यसले राजनीतिकर्मीलाई राजनेता बनाउन सहयोग पुर्‍याउँछ।

उनमा भएको अर्को गुण विश्वास जगाउन सक्ने थियो। मैले गर्छु भनेपछि उनले गर्छन् भन्ने विश्वास थियो। महत्वपूर्ण अर्को गुण उनले सम्बन्ध जोड्न सक्थे। मधेसी मञ्चमा उनले कहीँ पनि नेपाली भाषामा बोलेनन्। मैथली भाषा बोल्नसक्ने थिए। मधेसलाई पहाडसँग जोड्नका लागि हिन्दी पनि बोले। हिन्दीका उनी साहित्यकार पनि हुन्। सहजै सम्बन्ध जोड्ने क्षमता भएका उनले मधेसी जमिनदारको पनि विरोध गर्थे।

जमिनदारको विरोध मधेसी वा पहाडी दुबैको गर्थे। मध्यम र निम्न वर्गसँग जोडिन चाहन्थे। कांग्रेसकै ठूलो जात वा जमिनदार भएको मधेसी नेताभन्दा त कम स्वार्थ भएको बिपीलाई पत्याउन जाति हो नि त। भद्रकाली मिश्रलाई पत्याउनुभन्दा विपीलाई पत्याउन उचित ठानियो। बिपीले सामान्य नागरिक र तल्लो जातको उम्मेदवार बनाएपछि त संख्या बढी त पिछडा र गरिबकै हुन्छ। स्वाभाविक हो, तिनले बिपीको कुरा पत्याए। तादाम्यता मिलाउन सक्ने बिपीको जुन क्षमता थियो, त्यो अद्वितीय त हुँदै हो, सिति-मिति पाउने कुरा पनि होइन।

राणा शासनको अन्त्यमा मधेसले कांग्रेसलाई साथ दियो। प्रजातान्त्रिक संघर्षका लागि पटक-पटक कांग्रेसलाई साथ दिएको मधेसले कुन विन्दूबाट कांग्रेसलाई छोड्न सुरु गर्‍यो?
जहिले राजनीतिक संकटको बेला छ। मधेसको लागि कांग्रेसले जे पनि गर्छु भनेको छ, त्यो विन्दूमा कांग्रेस मधेसको सम्बन्ध सुमधुर रहेको छ। राणा कालमा मधेससँग राम्रो सम्बन्ध थियो। पञ्चायतकालसम्म पनि राम्रो सम्बन्ध थियो।

अलिकति तलमाथि जनमत संग्रहको समयमा भएको थियो। त्यतिबेला अलिकति विश्वास घट्यो। सन् १९९० पछि कांग्रेसप्रतिको आस्था अझ घट्यो। अन्तरिम संविधानपछि मधेसीको कांग्रेसप्रतिको विश्वासमा थप गिरावट आयो। सच्याउने प्रयास केही हदसम्म गिरिजा प्रसादले गरेका थिए।

अब  मधेसमा कांग्रेसको जे बाँकी छ, ति खानदानी कांग्रेसहरु हुन्। केही नेताका नजिकका आसेपासेको भरमा कांग्रेस चलेको छ।

अहिले समानुपातिक समावेशीता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, संघीयताको वचनवद्धता त कांग्रेसले गरेको हो नि। वचनवद्धतामा कायम रहने भनेर नै मधेसको सामान्य कार्यकर्तालाई राष्ट्रपति बनाएको कांग्रेसले हो। गिरिजा प्रसादको के छबि थियो भने ‘यी छोटा कोइराला बोल्ता नही, जब बोल्ता है तो कर्ता है’ भन्थे। गिरिजालाई छोटा कोइराला भन्थे। उनको देहान्तपछि कांग्रेस मधेसमा समाप्त भयो भन्दा पनि हुन्छ।

अब मधेसमा कांग्रेसको जे बाँकी छ, ति खानदानी कांग्रेसहरु हुन्। केही नेताका नजिकका आसेपासेको भरमा कांग्रेस चलेको छ। गिरिजाको देहान्तपछि कांग्रेस र मधेसको अवस्थालाई मैथलीको एउटा भनाइसँग जोड्न सकिन्छ- ‘सर्लो भुन्नी रहु कि दुन्नी’। भुन्नी भनेको माछा। त्यो नराम्रै किसिमको परे पनि रहु माछाभन्दा दोब्बर त हुन्छ भन्ने थियो। मधेसमा कांग्रेस यति ठूलो थियो कि मधेसमा बिग्रेर गइसके पनि मत धेरै पाउने पार्टी त हो। सिटमा कम भए पनि पार्टीको मतमा त कांग्रेस अहिले पनि अरु भन्दा अघि छ। त्यसलाई कसरी बुझ्न सकिन्छ भने यति बिग्रिसक्दा पनि अलिकति त्यान्द्रो बाँकी छ।

स्थानीय मुद्दालाई स्थानीय पार्टीले हेर्ने हो, राष्ट्रिय मुद्दालाई राष्ट्रिय पार्टीले हेर्ने हो। संविधान संशोधन गर्नुपर्‍यो भने स्थानीय पार्टीले दुई तिहाइ त मरिगए पनि ल्याउँदैन। समावेशी र समानुपातिक उनीहरुले मरिगए पनि सुनिश्चित गर्न सक्दैनन्। आन्दोलन र माग गर्ने हुन्, त्यसलाई पुरा गर्ने त राष्ट्रिय पार्टी नै हुन्। मधेसको मुद्दा सम्बोधन गर्न सक्ने राष्ट्रिय पार्टी नेपाली कांग्रेस हो भन्ने अलिअलि आशा बाँकी छ।

नेकपा दोहोरो र कांग्रेसको भूमिका हाल खासै फरक छैन। यी दुवै एकै सिक्काका दुई पाटा हुन्। कांग्रेससँग आशा रहेको मधेस कति टिक्छ भन्न सकिन्न।

कांग्रेसबाट राजनीति सुरु गरेर मधेसमा लामो समय कांग्रेसको संगठनलाई योगदान दिएका धेरै मधेसी नेताले पार्टी छोडे। नयाँ पुस्ताको कांग्रेसप्रति रुचि नै छैन। कांग्रेसमा भएका छोड्दै जानु र नवप्रवेशी नहुनुको कारण के-केलाई मान्न सकिन्छ?
समग्रमा धेरै कारण हुन सक्छन्। संसारभर नै दलहरुको स्खलन भइरहेको छ। स्खलन के कारणले भइरहेको छ भने पुँजीवादमा व्यक्तिहरु आत्मकेन्द्रित हुँदै गएका छन्। पार्टीमा लागेपछि के पाउँछु भन्ने हुन्छ। कांग्रेस पुरानो पार्टी, नयाँ प्रवेशीलाई ठाँउ त नहुने नै भयो। अर्को कुरा कांग्रेस जातिवादी पार्टी बनेर गएको छ। नेतृत्वको २/४ जना बाहुनहरुलाई छोडिदिने हो भने पहाडे क्षेत्रीहरुको जातिवादी पार्टी हो। नेकपा दोहोरोलाई हेर्ने हो भने पहाडे बाहुनको जातिवादी पार्टी हुँदै गएको देखिन्छ। पार्टीमा लागेर पद पाउनका लागि संयम त बाँकी छैन।

मधेसमा आधारित दलका लागि के सजिले भइदियो भने नयाँ पार्टी खुलेको छ। अटाउने ठाउँ नयाँ पार्टीमा बढी छ। युवाहरु नेकपा दोहोरो वा कांग्रेसमा अब जाँदैनन्। जहाँ ठाउँ पाइन्छ, त्यहाँ न जाने हो।

राजनीतिक दलका नवप्रवेशीलाई राजनीतिक ज्ञान पाउने थलो त कलेजहरु थिए। १०+२ सुरु भएपछि विद्यार्थी राजनीति कम हुँदै गयो। ‘रिक्रुमेन्ट सेन्टर’ आइए/बिए कार्यक्रम चलेका सरकारी कलेजहरु थिए।केपी ओली अपवाद हुन्, धेरै नेता विद्यार्थी राजनीतिबाट आएका हुन्। शिक्षाको व्यापारीकरणले विद्यार्थी राजनीति त समाप्त गरिदियो।

मधेसमा आधारित दलका लागि के सजिले भइदियो भने नयाँ पार्टी खुलेको छ। अटाउने ठाउँ नयाँ पार्टीमा बढी छ। युवाहरु नेकपा दोहोरो वा कांग्रेसमा अब जाँदैनन्। जहाँ ठाउँ पाइन्छ, त्यहाँ न जाने हो। अत्यन्तै स्वभाविक कुरा हो।

मधेसीको हितका लागि कांग्रेसले काम गर्दैन भनि मधेसवादी दल खोलेका वेदानन्द झाको पार्टीले कुनै पनि सिट ल्याउन सकेन। उनलाई नपत्याएका मधेसी जनताले कांग्रैसबाटै आएर नेता बनेकाहरुले २०६२/०६३ पछि नयाँ पार्टी बनाउँदा उनीहरुको पक्षमा किन लागे?
सन् १९५० को दशकको समय बेग्लै थियो। अलिकति हुनेखाने, पढेलेखेका तथाकथित उपल्लो जातिका थिए। तिनीहरुको सामान्य जनतासँगको दूरी अधिक थियो।

अहिले समय परिवर्तन भएको छ। ती तथाकथित उपल्लो जातिकाको जनसंख्या त १ प्रतिशत पनि छैन। हाल, उपल्लो पिछडा जसलाई भनिन्छ, तिनीहरुमा वर्ग जन्म भएको छ। जस्तो कि यादवहरु, तिनीहरु त्यो बेला राजनीतिमा त्यति देखिँदैनथे। पढाइलेखाइ र सम्पतिहरु पनि तिनीहरुमा देखिन थालेको छ। जातीय ऐक्यबद्धता पनि बलियो छ।

'पचगुनीया' समुदाय छ, तिनीहरु वैश्य समुदायमा पर्छन्। रौनियार, साह, गुप्ताहरु त्यसमा पर्छन्। पढाई र सम्पतिमा पनि उनीहरु अघि बढ्दैछन्। तिनै समुदायबाट उपेन्द्र यादव, सिके राउत, राजेन्द्र महतोहरु अघि आए। यो समुदायको मधेसमा ठूलो संख्या छ। थारु, पचगुनीया, दलित यादवलगायतलाई जोड्दा मधेसको झण्डै ८० प्रतिशत जनसंख्या पुग्छ।

व्यापारका हिसाबमा भन्ने हो भने कांग्रेस प्राइभेट इन्टरप्राइजेज जस्तो भयो। जति नेताहरु छन्, ती शेयरहोल्डर जस्ता छन्, आफ्नो लगानी अनुसार पार्टीबाट हिस्सा पाउँछन्। एमाले पब्लिक लिमिटेड कम्पनी हो। त्यसले आफ्ना कार्यकर्तालाई पनि सेयर बाँड्छ। कांग्रेसलाई जमिनदारको पार्टी भन्ने हो भने साहु महाजनको पार्टी एमाले हो।

यो समुदायको राजनीति प्रभावकारी हुने समय सन् १९५० को दशकमा थिएन। यहि जनसमूहको राजनीति कांग्रेसले गरेको थियो। तर, समाल्न सकेन। आकांक्षा सम्बोधन गर्न सकेन। उनीहरु कांग्रेसबाट टाढिए। कांग्रेसबाट टाढिएपछि जाने ठाँउ कहाँ त? तिनको लागि जाने ठाँउ कि पूर्वपञ्चको दल भयो, कि नयाँ पार्टी।

टोपी लगाएर प्रशासन छिर्नुपर्छ भन्ने पूर्व एमालेमा मधेसी समाहित त हुनै कुरै भएन। महेन्द्रवाददेखि वितृष्णा रह्यो। स्वभाविक कांग्रेस आश्रयस्थल थियो। कांग्रेसले सम्बोधन गर्न नसकेपछि उनीहरुको माग सम्बोधन गर्छु भनि मधेसमा मताधार भएको दललाई समर्थन गर्नु स्वभाविक हो।

तर, अलिकति आस बाँकी कांग्रेससँग अहिले पनि छ।

कांग्रेस जमिनदारको पार्टी भएकाले तल्लो वर्गको सुनुवाई गर्न नसकेकाले वितृष्णा बढ्दै गएको भनिन्छ, कांग्रेस जमिनदारकै पार्टी हो?
जमिनदारको पार्टी भन्ने सत्य होइन। नातागोताको पार्टी चाहिँ हो। व्यापारका हिसाबमा भन्ने हो भने कांग्रेस प्राइभेट इन्टरप्राइजेज जस्तो भयो। जति नेताहरु छन्, ती शेयरहोल्डर जस्ता छन्, आफ्नो लगानी अनुसार पार्टीबाट हिस्सा पाउँछन्।

नेकपा दोहोरोको भनिन्छ। माओवादी एमालेमा विलय भएकाले त्यो एमाले पार्टी नै हो। एमाले पब्लिक लिमिटेड कम्पनी हो। त्यसले आफ्ना कार्यकर्तालाई पनि सेयर बाँड्छ। कांग्रेसलाई जमिनदारको पार्टी भन्ने हो भने साहु महाजनको पार्टी एमाले हो।

कांग्रेस र एमालेसँग त अब मुद्दा नै छैन। कसरी सत्तामा पुग्ने र त्यसबाट सबैभन्दा धेरै फाइदा कसरी लिने भन्ने छ। यथास्थितिमा बडा खुसी छन्।

राप्रपासँग मुद्दा छ, त्यो फर्केर हिन्दुराष्ट्र र राजा ल्याउ भन्ने हो। मधेस आधारित दलसँग मुद्दा छ। सारभुत संघीयता र समावेशीतामा उपस्थिति र प्रतिनिधित्वको आन्दोलनमा जाऔं भन्ने आवाज उनीहरु उठाइरहन्छन्।

गणतन्त्रलाई अमृतको घडा प्राप्त भएको कांग्रेस एमालेको बुझाइ छ। त्यसका लागि खस(आर्य देवदूत) दुष्टहरुलाई हटाइ अमृत पान गर्ने सोच ति दुई दलमा छ।

कांग्रेसप्रति वितृष्णा, एमालेप्रति विगत देखिको लगाव नहुनु, राजावादी पार्टीलाई विश्वास नगर्ने। के मधेसीका लागि मधेसवादी दल नै निर्विकल्प हुन् त?
समधेसवादी दलप्रति पनि वितृष्णा छ। भलै पहाडमा दुई भोट नपाए पनि मधेस आधरित दलले राष्ट्रिय दल भनेका छन्। ति दलले मधेसबाट ९० प्रतिशतभन्दा बढी मत पाएका छन्। उनीहरु मधेसवादी दल हौं भन्ने आँट गर्दैनन्, भन्दैनन्।

हिन्दु राष्ट्र बनाउँछ भनेर मधेसका मुस्लिमले साथ दिँदैनन्। राजा फर्काउँछु भनेर मधेसीको दलित पनि कांग्रेसको पछि लाग्दैन। समृद्धिको नाराले काठमाडौं र पोखरालाई त छुन सक्ला, मधेसलाई छुँदैन। मधेसीको पक्षमा कृषि, नोकरी, औद्योगिकीकरण, सम्मान, नागरिकता र पासपोर्ट प्राप्तिको सहजता, स्वास्थ्य सेवाको प्रभावकारितामा कांग्रेसले ध्यान दिनुपर्छ।

कांग्रेसको मत प्रतिशत त मधेसवादी दल नआउँदै पनि घट्दै गएको थियो। त्यसलाई कसरी बुझ्ने?
सिट संख्या पनि घटेको छ। मत प्रतिशत पनि घट्दै गएको छ। एमालेमा त आशै थिएन भने उसँग निराशा हुनै परेन। कांग्रेसले त आशा देखाएर निराशा बनाएको हो नि। तपाईंले मलाई एक गिलास पानी खुवाउनु हुन्न भन्ने थाहा हुँदाहुँदै खुवाउनुभएन भने चित्त त दुख्दैन। तर, एक गिलास दुध खुवाउँछु भन्नेले पानी पनि नखुवाउने हो भने निराश भइन्छ।

कांग्रेस मधेसमा पुनः बलियो हुने सम्भावना कति छ? अथवा मधेसमा पुनर्जागृत हुनलाई कांग्रेसले गर्नुपर्छ?
बिज मरेको छैन। मलजल नगर्ने हो भने त उम्रेर सुकेर मर्छ। बिज गायव भएको मान्न सकिन्न। कांग्रेसलाई टेस्ट गर्‍यौं भएन। टेस्ट नभएको एमालेतिर जाने कि भन्ने केहीको आँकलन छ। के गर्दाे रहेछ हेरौं न त भन्ने आवाज उठेको पनि छ।

मेरो निचोड के हो भने त्यसलाई सत्यता मान्न सकिँदैन। माग उठाए पनि कार्यान्वयन गर्ने तहमा मधेसवादी दल छैनन्। राष्ट्रिय पार्टीमा छनोट पूर्वपञ्च, एमाले वा कांग्रेस हुन्। पूर्वपञ्च स्विकार्दैनन्, माले मण्डले भन्दा कांग्रेस नै ठिक भन्नेको जमात पनि छ। तर, ति चुप छन्।

कांग्रेसले आस जगाउनुपर्‍यो। हिन्दु राष्ट्र बनाउँछ भनेर मधेसका मुस्लिमले साथ दिँदैनन्। राजा फर्काउँछु भनेर मधेसीको दलित पनि कांग्रेसको पछि लाग्दैन। समृद्धिको नाराले काठमाडौं र पोखरालाई त छुन सक्ला, मधेसलाई छुँदैन। मधेसीहरु समृद्धि खोज्न पहिले कोलकाता, गुहाटी जाने गर्थे। अहिले अरब र मलेसिया जान्छन्। तिनीहरुको पक्षमा कृषि, नोकरी, औद्योगिकीकरण, सम्मान, नागरिकता र पासपोर्ट प्राप्तिको सहजता, स्वास्थ्य सेवाको प्रभावकारितामा कांग्रेसले ध्यान दिनुपर्छ।

नेपाली कांग्रेस 'नातागोता र प्राइभेट कम्पनी होइन' साँच्चिकै संरक्षण पनि दिन्छ भन्ने सन्देश प्रवाहित गर्न कांग्रेसले सक्यो भने बागमती र कमलाको बाढीमा डुबिसक्यो भन्नुपर्दैन।

प्रदेश २ मा एउटै विश्वविद्यालय छैन। ठूलो अस्पताल नभएको सायद प्रदेश २ नै हो। सरकारी लगानीमा नमूना विद्यालय नभएको पनि प्रदेश २ हो। राज्यले औपनिवेश जस्तै बनाएर राखेको क्षेत्रलाई औपनिवेशबाट मुक्त गर्ने र समन्यायको आवाज उठाउनुपर्छ। आरक्षण, सकरात्मक विभेद, सम्भाव्य व्यक्तिलाई टिपेर भए पनि माथिल्लो निकायमा ल्याउन सकिन्छ।

नेपाली कांग्रेस 'नातागोता र प्राइभेट कम्पनी होइन' साँच्चिकै संरक्षण पनि दिन्छ भन्ने सन्देश प्रवाहित गर्न कांग्रेसले सक्यो भने बागमती र कमलाको बाढीमा डुबिसक्यो भन्नुपर्दैन।

तपाईंका अनुसार सात दशकको विगत हेर्दा कांग्रेसबाट मधेसी जनताले पाएको केही देखिएन हो?
पाएकै छैन। व्यक्तिगत रुपमा भन्ने हो भने गिरिजाको पहलमा मधेसी अधिकार प्राप्त भएका थिए। ती अधिकार त अहिले खोसिए। संविधान संशोधनका क्रममा गिरिजा प्रसाद कोइरालाले गरेका सम्झौताबाट पछि फर्किएको छ। संघीयता पनि खारेज गरिसकेका थिए, १२ बुँदे षडयन्त्रद्धारा।

कांग्रेसका शीर्ष तहका नेताहरु केही अपेक्षा छैन। यिनीहरुले केही पनि गर्दैनन् भन्ने मधेसले बुझेको छ। अहिले कुनै मुद्दामा कांग्रेस र एमालेमा भिन्नता छुट्याउन सकिन्छ? केही फरक नै छैनन्। दुबै दल एउटै हुन्।

संघीयता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको सहमति त गिरिजाप्रसाद कोइरालाले गरेका थिए नि। प्राप्त उपलब्धी कांग्रेसबाटै भएको थियो। कालो पोत्ने कार्य सुशील कोइरालाले गरे। जश लिन पनि कांग्रेस मधेसमा जान सक्ने अवस्था छैन।

अहिले कांग्रेसका शीर्ष तहका नेतासँग मधेसको अपेक्षा जीवित छ कि छैन?
यिनीहरुसँग केही अपेक्षा छैन। यिनीहरुले केही पनि गर्दैनन् भन्ने मधेसले बुझेको छ। अहिले कुनै मुद्दामा कांग्रेस र एमालेमा भिन्नता छुट्याउन सकिन्छ? केही फरक नै छैनन्। दुबै दल एउटै हुन्।

मधेसी दलमा छोड्नेहरु पनि कांग्रेसमा जाँदैनन्। अवसर जहाँ छ, त्यसमै जान्छन्। अवसरको मात्रै कुरा भएन, कांग्रेस र नेकपा दोहोरो एउटै हो भने किन कांग्रेसमा जाने? नयाँ मतदाताले एमाले, कांग्रेसमा के फरक देखेर कांग्रेसमा मत खसाउने? 'छोटा कोइराला बोलेगा तो होगा' भन्ने अहिले को छ कांग्रेसको नेता?

मधेसमा कांग्रेस शृंखलाका बाँकी सामाग्रीहरुः

मधेसमा कांग्रेस [शृंखला-३] : दुई तिहाइ होस् वा 'लज्जास्पद' हार, मधेसकै भर

मधेसमा कांग्रेस [शृंखला-२] : कांग्रेसलाई उठाएका परिवार किन विमुख भए?

मधेसमा कांग्रेस [शृंखला-१] : यसरी बन्यो बलशाली उदयको थलो

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु, सयौँ घाइते
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु, सयौँ घाइते मंगलबार, असार १७, २०८२
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा मंगलबार, असार १७, २०८२
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह मंगलबार, असार १७, २०८२
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते मंगलबार, असार १७, २०८२
इजरायलसँगको युद्धमा इरानमा कम्तीमा ९३५ जनाको मृत्यु भएको पुष्टी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्