• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मधेसमा कांग्रेस [शृंखला-२] : कांग्रेसलाई उठाएका परिवार किन विमुख भए?

64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  १६:१०
1140x725

काठमाडौं- २००३ माघ १२ र १३ मा राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन भएसँगै विराटनगरमा मजदुर आन्दोलन चर्कियो। मजदुर युनियनका अध्यक्ष गिरिजाप्रसाद कोइरालासहितका ४ नेता पक्राउ परे। यसपछि मालिक-मजदुरबीचको दुरी बढ्दै गयो। तर, मजदुरले कांग्रेसको साथ छोडेनन्। मजदुर आन्दोलन २००४ को बैसाखमा पुग्दा कांग्रेसको सत्याग्रह आन्दोलनसँग जोडियो। 

यसरी कांग्रेसको जग मधेस बन्न पुग्यो।

नेपाली कांग्रेसले थालेको आन्दोलनमा ऊर्जा थप्न तराई-मधेसकै केही परिवारले विशेष योगदान दिएका थिए। मोरङमा कोइराला, महोत्तरीमा मिश्र, सप्तरीमा सिंह, सिरहामा गिरि/रेग्मी र झापामा प्रसाईं परिवार कांग्रेससँग जोडिएर प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए।

प्रजातान्त्रिक व्यवस्थाका लागि २००७, २०१५ हुँदै २०४६ मा ती परिवारमध्ये अधिकांशले कांग्रेस छाडेका थिएनन्। समय क्रममा कतिपय कांग्रेसबाट टाढिए। केहीले कांग्रेस छोडे। कतिपयलाई कांग्रेसले छोड्यो। पछिल्लो समय मोरङको कोइराला परिवारबाहेक अन्य परिवारको सक्रियता शून्यप्रायः छ। मधेसलाई कांग्रेससँग जोड्न सफल प्रभावशाली परिवारहरु हाल कांग्रेसको राजनीतिबाट विमुख भएका छन्। 

कोइराला परिवारमा मूलतः तीन पात्र कांग्रेसको राजनीतिमा क्रियाशील छन्। कांग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय नेताद्वय डा शेखर कोइराला र सुजाता कोइराला। नेतात्रयले कोइराला परिवारको विरासत बचाइरहेका छन्। तथापि, बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको समयमा मधेसमा देखिएको गतिशीलता हालका नेताले दिन सकेका छैनन्। 

अहिलेका कोइरालात्रयको चर्चा त छ। तर मधेसमा उनीहरुप्रति खास आकर्षण भने देखिन्न।

मोरङकेन्द्रित रहेर उम्मेदवारी दिनेमा हाल शेखर कोइराला मात्रै छन्। पैतृक थलो छोडेर शशांक नवलपरासी पूर्वबाट विजयी हुँदै आएका छन्। नेतृ सुजाताको निर्वाचन क्षेत्र नै निश्चित छैन। 

लामो समय कोइराला परिवारसँग निकट रहेर कांग्रेसको राजनीति गरेका जेपी गुप्ता भन्छन्, ‘सुजाताको निर्वाचन क्षेत्र यकिन छैन। निश्चित निर्वाचन क्षेत्र देखाउनै सकिन्न।’

Ncell 2
Ncell 2
nimb
nimb

गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र सुनिश्चित थिए। सुनसरी ५ र मोरङ १ लाई उनले पकड निर्वाचन क्षेत्र बनाएका थिए। जहाँबाट उनी निरन्तर विजयी भए। तर उनकै पुत्री सुजाताको पकड क्षेत्र कहाँ हो? मोरङ र सुनसरीमै पनि उनले दाबी गर्ने निर्वाचन क्षेत्र छैन।

बिपीपुत्र प्रकाश कोइराला एकपटक रौतहटबाट उम्मेदवार भएका थिए। नेपाली कांग्रेस नै परित्याग गरेका उनी अहिले राजनीतिबाट अलग छन्। गुप्ता भन्छन्, 'कांग्रेसको पारिवारिक राजनीति अब मधेसमा सकियो।'

मोरङमा चैतुलाल चौधरी कांग्रेसका प्रभावशाली नेता थिए। उनको देहान्तपछि उनको परिवारबाट राजनीतिमा धेरै समयसम्म कोही देखिएनन्। चौधरी परिवारबाट वीरेन्द्र चौधरी हाल प्रदेशसभा सदस्य बनेका छन्।

कांग्रेसको आन्दोलनमा सप्तरीमा सिंह परिवारले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। रामेश्वरप्रसाद सिंहको प्रतिष्ठा सप्तरीमा उच्च थियो। जयमंगलप्रसाद सिंह पनि प्रजातान्त्रिक आन्दोलनमै थिए। सिंहद्वयले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागिता जनाएर हनुमाननगर जेल ब्रेकको अगुवाइ गरेका थिए।

सप्तरीमै इन्द्रदेवप्रसाद सिंह कांग्रेसको झन्डा बोकेर २०४६ को आन्दोलनमा होमिएका थिए। उनीसँगै मधुकान्त सिंह पनि आन्दोलनमा सहभागी भएका थिए। सप्तरीमै गजेन्द्र नारायण सिंहको भूमिका उल्लेखनीय थियो।

सप्तरीका दुई शक्तिशाली व्यक्ति रामेश्वरप्रसाद सिंह र गजेन्द्र नारायणलाई बिपीले समदुरीमा राखेका थिए। वा, समान अवसर दिएका थिए। आफ्नो इच्छा अनुसारै रामेश्वरप्रसाद सिंह बाचुन्जेल कांग्रेसको जिल्ला सभापति भए। गजेन्द्रनारायण कांग्रेसमा रहुन्जेलसम्मै (३२ सालसम्म कांग्रेसमा रहे) केन्द्रीय समितिको सदस्य रहिरहे।

सिंह परिवारबाट सप्तरीमा मात्रै झन्डै आधा दर्जन नेता उत्पादन भए। तर वर्तमानमा सिंह परिवारको नेतृत्वदायी सक्रियता छैन। सिंह परिवार कांग्रेसको राजनीतिबाट निष्क्रिय बनेको छ। सिंह परिवारबाट कांग्रेसको जिल्ला राजनीतिमा क्रियाशील व्यक्ति नभएको सप्तरीका कांग्रेस जिल्ला सभापति दिनेश यादवले जानकारी गराए।

महोत्तरीमा कांग्रेस आन्दोलनलाई शसक्त बनाउन मिश्र परिवारले भूमिका निर्वाह गरेको थियो। रामनारायण मिश्रको परिवारले कांग्रेस आन्दोलनलाई महोत्तरीबाट उचाइमा पुर्‍याएको इतिहास छ। २०१५ को निर्वाचनमा महोत्तरीबाट विजयी भएका उनी बिपी कोइरालाको मन्त्रीमण्डलका सदस्यसमेत थिए। उनले उद्योग तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेका थिए। मिश्र परिवारकै शंकर मिश्रले कांग्रेसबाट संसदको टिकट प्राप्त गरेका थिए। पचासको दशकमा कांग्रेसमा सक्रिय उनी हाल निष्क्रिय छन्। पारिवारिक लिगेसी बोकेर महोत्तरीमा कांग्रेस राजनीति गर्ने मिश्र परिवारबाट अहिले कोही देखिन्नन्। 

सिरहामा रेग्मी र गिरि परिवारले कांग्रेसको आन्दोलनलाई साथ दिए। २०१५ सालको निर्वाचनमा कांग्रेसको सिट संख्या सराहामा रेग्मी परिवारले बढाएको थियो। बुनुदेवी रेग्मीले २०४८ पछि दुई पटक टिकट पाए पनि निर्वाचित हुन भने सकिनन्। उनका छोरा अमर रेग्मीले पनि टिकट पाए। तर,जित्न सकेनन्। सिरहामा रेग्मी परिवार कांग्रेस राजनीतिको दृश्यबाट अहिले बाहिरिएको छ। 

मधेसमा कांग्रेसलाई मलजल गर्न गिरि परिवारको पनि हात छ। तुलसी गिरि र रुद्रप्रसाद गिरि कांग्रेसमै थिए। तुलसी गिरिले भने २०१७ राजा महेन्द्रलाई साथ दिए।

सिरहा र धनुषाको राजनीतिमा गिरि परिवारले विशेष दख्खल राखेको थियो। हाल गिरि परिवारबाट पर्दामा कांग्रेस राजनीतिमा प्रदिप गिरि मात्रै देखिएका छन्। उनका वुवा मित्रलाल गिरि कांग्रेसमै आबद्ध थिए। यद्यपि, उनी गिरि परिवारको लिगेसीबाट राजनीति गर्दैनन्। आफ्नै बौद्धिकता र अध्ययनका कारणले कांग्रेसमा उनको छाप बेग्लै छ। 

कांग्रेस राजनीतिमा बारामा भागवत यादव अग्रपंक्तिमा आउने नाम थियो। यादव २०१५ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी भएका थिए। लामो समय सक्रिय राजनीतिमा नदेखिएको उनको परिवारबाट छोरा विजयशंकर यादव गत निर्वाचनमा सिम्रौनगढ नगरपालिकामा कांग्रसका तर्फबाट मेयरमा विजयी भएका छन्। 

रिजाल परिवार कांग्रेसको राजनीतिमा पर्साबाट उदाएको थियो। मेघनाथ उपाध्याय (रिजाल) मधेसमा कष्ट बेहोरेका नेतामध्येमा पर्थे। उनको पञ्चायतकै बेलामा देहावसान भएको थियो। उनका छोरा रमेश रिजाल पनि बाबुकै पथमा लागे। तर हाल उनको सक्रियता कम हुँदै गएको छ। 

धनुषामा कांग्रेसको राजनीतिलाई महेन्द्रनारायण निधिले अगाडि बढाएका थिए। राणा शासनविरुद्ध भारतको बैरगनियामा ‘बैरगनिया सम्मेलन’ गर्ने अगुवामा उनी थिए। उनकै पदचाप पछ्याउँदै छोरा विमलेन्द्र निधि कांग्रेसका उपसभापति छन्। कांग्रेसको केन्द्रीय राजनीतिमा स्थान बनाएका उनी गुटको पछि लागेर उक्त स्थानमा पुगेको आरोप पनि लाग्दै आएको छ। उनको वर्चस्व धनुषामा ह्रास हुँदै गएको छ। २०४८ पछिका निर्वाचनमा धनुषामा उनले जित/हार बेहोर्दै आएका छन्।

                                                                                                                       बुवा महेन्द्र नारायण निधिसँग विमलेन्द्र निधि र परिवारका अन्य सदस्य

‘महेन्द्र निधिको छोराको परिचय त प्राप्त छ उनलाई,' गुप्ता भन्छन्, 'उनी टिकेको आफ्नै कर्म र गुटले हो।'

२०१५ मा कांग्रेसले दुई तिहाइ सिट प्राप्त गरी सरकार बनाएपछि मन्त्रीमण्डलमा मधेसी अनुहार पनि परेका थिए। महोत्तरीका रामनारायण मिश्र मन्त्रीमण्डलमा समेटिएका थिए।

मिश्रजस्तै नेतालाई अवसर दिएका कारण २०१६ को मन्त्रिपरिषद्मा बिपीले समावेशी चरित्र देखाएको विश्लेषण गरिन्छ। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बिपी दुरदर्शी नेता भएकाले नै समावेशी मन्त्रीमण्डल बनेको बताउँछन्।

आचार्यको मतसँग गुप्ता सहमत देखिँदैनन्। गुप्ताले उक्त समयको मन्त्रीमण्डल समावेशिताको आधारमा नभई सहभागिताका आधारमा बनेको तर्क राख्छन्। उनी भन्छन्, ‘मधेसी अनुहार मन्त्रीमण्डलमा पर्नु समावेशी होइन, सहभागिता हो। त्यसबेला प्रतीकात्मक रुपमा स्थान दिइएको हो।'

राजा महेन्द्र कसरी खेले?
मधेसमा कांग्रेसको प्रभाव विस्तार भएपछि राजा महेन्द्रले मधेसीसँग मधेसी भिडाउने कार्य गरेका थिए। मधेसी मूलका व्यक्तिलाई सरकारी पदमा नियुक्ति गराई कांग्रेसलाई कमजोर बनाउने उनको रणनीति थियो।

गुप्ता इतिहास स्मरण गर्दै भन्छन्, ‘हरेक जस्तो जिल्लामा केही व्यक्ति र परिवारलाई बढी महत्व दिए। तर, त्यति महत्व दिनुपर्ने तिनीहरु थिएनन्।' कांग्रेसको प्रभाव घटाउन सक्नेलाई सरकारी पदमा ल्याइएको उनको तर्क छ।

झापामा प्रसाईं परिवारले कांग्रेसलाई अघि बढाएका थिए। उनीहरुको प्रभाव घटाउनका लागि गोपालचन्द सिंह राजवंशीलाई राजाले अघि सारे। सप्तरीमा चर्चामा नै नरहेका व्यक्ति इन्द्रदेव सिंह यादव, जगदिश झा र शत्रुघन सिंह यादवलाई राजाले परिचालन गरे। धनुषामा हेमबहादुर मल्ललाई कांग्रेसका विपक्षमा अघि सारे। सुनसरीमा ज्याउल हकलाई अञ्चलाधीश बनाइयो। पर्सामा संशुर हकलाई राजाले प्रयोग गरे।

गुप्ता भन्छन्, ‘कांग्रेसको प्रभाव घटाउनका लागि जिल्लामा कुनै हैसियत नभएकालाई पनि जिम्मेवारी दिए। कसैलाई जिल्ला पञ्चायतको सभापति बनाए। कसैलाई गाउँ फर्कमा ल्याए।’ 

पञ्चायतकालीन व्यवस्था अनुसार खडा गरिएका सार्वजनिक नियुक्तिमा राजा महेन्द्रले नसुनिएका व्यक्तिलाई  प्रयोग गरेका थिए।

राणा शासनको अन्त्यसँगै मधेसमा फैलिएको कांग्रेसलाई विभिन्न पारिवारिक समुदायले सहयोग पुर्‍याएका थिए। पञ्चायतकालको प्रादुर्भावसँगै राजनीतिक दलमा प्रतिबन्ध लागेपछि राजनीति छोड्ने क्रममा कांग्रेसमा आस्थावान् नेता-कार्यकर्ताले पार्टी छोड्ने क्रम रहेको विश्लेषक आचार्यको बुझाइ छ। 

अर्कोतर्फ कांग्रेस पछिल्लो चरणमा समावेशिता र विविधतालाई अँगाल्न नसक्ने पार्टीका रुपमा चित्रित हुन पुग्यो। ‘पार्टी एकांकी भयो, छोड्ने क्रम बढ्यो। पहिचानको आन्दोलनलाई कांग्रेसले आत्मसात नगरेपछि लामो समयको लगावमा पूर्णविराम लगाए’, आचार्य भन्छन्। 

कांग्रेसका लागि सहादत
राजा महेन्द्र चढेको गाडीमाथि २०१८ माघ ९ मा जनकपुरमा बम आक्रमण गरेको आरोपमा दुर्गानन्द झा पक्राउ परे। २०२० माघ १५ मा उनलाई फाँसी दिइएको थियो। झालाई ५२ वर्षपछि २०७२ मा मात्रै सहिद घोषणा गरिएको थियो।

पञ्चायती व्यवस्थाविरुद्ध मधेसबाट कांग्रेसमा आस्थावान् कामेश्वर, कुशेश्वर, साकेतचन्द्र मिश्र, डा लक्ष्मीनारायण झा, शिवचन्द्र मिश्र, राम लक्ष्मणले सहादत दिएका थिए।

  • मधेसमा कांग्रेस [शृंखला-१] : यसरी बन्यो बलशाली उदयको थलो

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्