• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मधेसमा कांग्रेस [शृंखला-३] : दुई तिहाइ होस् वा 'लज्जास्पद' हार, मधेसकै भर

64x64
नेपाल लाइभ आइतबार, साउन १९, २०७६  १६:३८
1140x725

संघीय निर्वाचन २०७४ मा महोत्तरी क्षेत्र नम्बर ४ मा मतदानका लागि लामबद्ध महिलाहरु।


काठमाडौं- विराटनगरमा उठेको मजदुर आन्दोलनको जगबाट बनेको कांग्रेसलाई संसद्‌मा समेत दह्रो बनाउन मधेस महत्वपूर्ण हिस्सा बनेको विगत छ।

संसदीय निर्वाचनका लागि विगतमा भएका ७ निर्वाचनमा कांग्रेसको लागि सिट संख्या बढाउन अकाट्य सत्यका रुपमा मधेस स्थापित भयो। पहिलो संसदीय निर्वाचन होस् वा गणतान्त्रिक व्यवस्थामा मुलुकमा प्रवेश गर्दाको निर्वाचन, कांग्रेसको सिट संख्या मधेसले बढाएको छ।

पाँच दशकमा भएका ७ निर्वाचनमा साख राख्न मधेसले कांग्रेसलाई भरमग्दुर सहयोग गरेको छ। मधेसकै आडमा कुनै बेला दुई तिहाइ सिटमा विजयी भएको कांग्रेसलाई ‘सर्मनाक हार’ बेहोर्दा मधेसले नै ‘नाक जोगाइदिएको’ छ।

मधेसकै आडमा दुई तिहाइ
२०१५ को आम निर्वाचनमा कांग्रेसले देशभरबाट ७४ सिटमा विजय हात पारेको थियो। कूल १०९ सिटमा कांग्रेसले प्राप्त गरेको सिट संख्या दुई तिहाइ हो। मधेसमा उत्साहजनक सिट प्राप्त भएकै कारण उसको दुई तिहाइ सिट पुगेको थियो।

तत्कालीन समयमा तराई मधेसको प्रतिनिधित्व गर्ने ३५ सिटमध्ये कांग्रेसले २४ सिट आफ्नो पोल्टामा पारेको थियो। कूल निर्वाचन क्षेत्रमा प्राप्त सिट संख्या ६७ प्रतिशत थियो। मधेसका सबै निर्वाचन क्षेत्रहरु मध्येबाट ६८ प्रतिशत सिट कांग्रेसको पोल्टामा परेको थियो।

कांग्रेसका संस्थापक नेताद्वय बिपी कोइराला, सुवर्ण शमशेर राणा, महेन्द्रनारायण निधि लगायतका शीर्ष नेता मधेसबाट विजयी भएका थिए। बिपी विराटनगर पश्चिम-दक्षिण (क्षेत्र नम्बर ३२) बाट विजयी भएका थिए। अर्का नेता राणाले मधेसबाट नै दुई स्थानमा विजय प्राप्त गरेका थिए। राणाले बारा मध्य–उत्तर (क्षेत्र नम्बर ५२) र बारा पश्चिम पर्सा (क्षेत्र नम्बर ५३) बाट जित हात पारेका थिए। अर्का संस्थापक नेता निधिले जनकपुर (क्षेत्र नम्बर ४३) बाट कांग्रेसलाई जित दिलाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

मधेसमा बलियो आधार तयार गरेको कांग्रेसबाट फत्तेबहादुर बुढाथोकी झापा, चेतुलाल चौधरी विराटनगर पूर्व, ज्ञानचन्द्र सरदार विराटनगर पश्चिम-उत्तर, नागेश्वरप्रसाद सिंह सप्तरी, सूर्यनाथ दास यादव सिरहा, माधवप्रसाद रेग्मी सिराहा पश्चिममा विजयी भएका थिए।

मधेसमा निर्वाचित हुने अन्य सांसदहरुमा रुद्रप्रसाद गिरी र रामनारायण मिश्र, सरोजप्रसाद कोइराला, वेणीमाधव सिंह, भागवत यादव थिए। विश्ववन्धु थापा, पृथ्वीराज कँडेल, शिवप्रसाद शाह, परशुनारायण चौधरी, ललित चन्द, राधाकृष्ण कोठिया, लोकेन्द्रबहादुर शाही पनि कांग्रेसबाट तराई मधेसमा निर्वाचित हुने २०१५ का सांसद थिए। 

मत प्रतिशत बढ्न सकेन
पञ्चायती व्यवस्थापछि २०४८ मा भएको आम निर्वाचनमा कांग्रेसले तराई मधेसमा उपस्थिति बढाएको मत परिणामको तथ्यांकले देखाउँछ। पहिलो जनआन्दोलनपश्चात् भएको निर्वाचनमा कांग्रेसले ४७ सिट तराई मधेसमा हात पारेको थियो। स्पष्ट बहुमत ल्याउन कांग्रेसलाई मधेसकै बलियो आडले साथ दिएका थियो।

२ सय ५ निर्वाचन क्षेत्रमा कांग्रेसले १ सय १० सिट प्राप्त गरेको थियो। तत्कालीन समयमा विभाजित निर्वाचन क्षेत्रमा ८३ सिट तराई मधेसमा थिए। ती क्षेत्रमध्ये कांग्रेसले ४७ सिट प्राप्त गरेको हो। तराई मधेसमा छुट्याइएका निर्वाचन क्षेत्रबाट ५६ प्रतिशत सिटमा कांग्रेस विजयी भएको थियो।

२०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसले तराई मधेसमा सिट घटायो। तत्कालीन समयमा कांग्रेसले तराई मधेसबाट ३८ सिटमा विजय प्राप्त गर्‍यो। अघिल्लो निर्वाचनभन्दा ९ अंकले सिट संख्या घट्दा यो ११ प्रतिशतमा खुम्चियो। २०४८ मा १ सय १० सिट प्राप्त गरेर सरकार बनाएको कांग्रेस २०५१ को मध्यावधि निर्वाचनपछि खुम्चिएर दोस्रो दल बनेको थियो। पार्टीभित्रकै किचलोले मध्यावधि घोषणा गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई ८३ सिट सहितको दोस्रो दलमा ल्याइपुर्‍याएका थिए। 

२०५६ मा उत्कृष्ट लयमा फर्कियो
२०५६ को निर्वाचनमा कांग्रेसलाई मधेसले सशक्त साथ दियो। विगतका सिटलाई बढाउँदै कांग्रेस तराई मधेसमा ५८ सिटमा विजयी भयो। मधेसका ८३ सिटमा कांग्रेसले ६९ प्रतिशत सिट आफ्नो कब्जामा पार्‍यो। कांग्रेसलाई प्राप्त कूल १ सय १३  सिट संख्यामा आधा संख्या तराई मधेसले थपेको थियो।

नेपाली कांग्रेसको रौतहट-२ बाट निर्वाचित मोहम्मद अफताव आलमले सबैभन्दा बढी मत (२९ हजार ७ सय ५८) ल्याई विजयी भएका थिए। माधवकुमार नेपाल र केपी शर्मा ओलीले छोडेका स्थानमा उपनिर्वाचन हुँदा तराई मधेसमै कांग्रेसले २ सिटसहित १ सय १३ सिट आफ्नो पोल्टामा ल्याएको थियो।

ओरालो यात्रामा मधेसकै भरथेग  
२०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र संख्या बढाएर २ सय ४० बनाइयो। अप्रत्यासित पराजय भोगेको कांग्रेसले २०६४ मा तराई मधेसमा १६ सिटमा चित्त बुझाउने अवस्था आयो।

त्यसो त, त्यस समयको निर्वाचनमा मुलधारका दललाई संसदीय व्यवस्थाको नवप्रवेशी दल नेकपा (माओवादी)ले धेरै पछि पारेको थियो। प्रत्यक्षतर्फ नेपाली कांग्रेस मात्र ३७ सिटमा विजयी भएको थियो। जसमध्ये १६ सिटमा मधेसले जितसहितको साथ दिएको थियो। संविधानसभा निर्वाचनमा क्षेत्र बढाउने क्रममा मधेसमा १ सय १६ क्षेत्र पुर्‍याइएको थियो।

कांग्रेसले आफ्नो भरोसाको केन्द्र मान्दै आएको मधेसका निर्वाचन क्षेत्रमा १३ प्रतिशत स्थानमा जितको झन्डा गाड्न सफल भयो।

दोस्रो संविधानसभाको निर्वाचन (२०७०) मा कांग्रेसको पुनरागमन पहिलो दलका रुपमा भयो। प्रत्यक्षतर्फ नेपाली कांग्रेसले कूल सिट संख्यामध्ये १ सय ५ स्थानमा जित प्राप्त गर्‍यो। दोस्रो संविधानसभामा मधेसमा ४१ क्षेत्रमा जित निकाल्यो। अघिल्लो चुनावभन्दा कांग्रेसले मधेसमा मात्रै २५ सिटले संख्या बढायो।

संघीयतामा पनि मधेसकै ‘टेको’
गत निर्वाचनमा ‘इतिहासकै लज्जास्पद’ हार बेहोरेको नेपाली कांग्रेसलाई तराई मधेसकै प्रत्यक्षतर्फको मतले २३ सिट पुर्‍याउन सहयोग गरेको थियो। १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ तराई मधेसमा कांग्रेसले १६ सिट प्राप्त गरेको थियो। तराई मधेसमा पछिल्लो क्षेत्र विभाजनअनुसार ७८ सिट बनाइएको छ। मधेसका निर्वाचनमध्ये कांग्रेसले २० प्रतिशत सिटमा जित निकाल्न सफल भएको थियो।

पछिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ तराई मधेसबाट डा मीनेन्द्र रिजाल, सीताराम मेहता, विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की विजयी भए। प्रदेश २ बाट प्रतिनिधिसभामा तेजुलाल चौधरी, प्रदीप गिरि, अमरेश कुमार सिंह, मोहमद आफ्तब आलम, देवप्रसाद तिमिल्सिना र उमाकान्त चौधरी विजयी भएका थिए।

डा शशांक कोइराला, देवेन्द्रराज कँडेल, प्रमोदकुमार यादव, भरतकुमार शाह, अभिषेक प्रताप शाह, सञ्चय गौतम तराई मधेसबाट कांग्रेसका लागि विजयी भए।

संघीयताको कार्यान्वयनका क्रममा पहिलो पटक भएको प्रादेशिक निर्वाचनमा कांग्रेसका लागि भने सुखद रहेन। तराई मधेसका लागि छुट्याइएको १ सय ५६ प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले २७ सिटमा मात्रै जित हासिल गरेको थियो। (मूल तस्बिर- कान्तिपुर दैनिक)

तराई मधेश क्षेत्रमा कांग्रेसको समग्र इतिहासलाई लिएर यसअघि प्रकाशित विशेष सामाग्रीहरुः

मधेसमा कांग्रेस [शृंखला-१] : यसरी बन्यो बलशाली उदयको थलो

मधेसमा कांग्रेस [शृंखला-२] : कांग्रेसलाई उठाएका परिवार किन विमुख भए?

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न बुधबार, चैत २५, २०८२
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्