• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक १४, २०८२ Fri, Oct 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मधेसमा कांग्रेस [शृंखला-१] : यसरी बन्यो बलशाली उदयको थलो

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  ०७:३६
1140x725

काठमाडौं-  वर्तमान समयमा मधेसमा खुम्चँदै गएको कांग्रेस स्थापनाकालदेखि वि.सं. २०५१ अघिको समयलाई हेर्दा मधेसमा कांग्रेसको गौरवपूर्ण इतिहास छ।

राणा शासन र पञ्चायतकालमा मधेसलाई विशेष क्षेत्र बनाई कांग्रेसले आन्दोलन चर्काएको थियो। व्यवस्था परिवर्तनका लागि पटक/पटक मधेसका जनतालाई जोड्न सकेको कांग्रेस बहुदलीय व्यवस्था लगत्तै मधेसमा खिइँदै गएको छ। 

'कांग्रेसको जग मधेस'
बिपीकालीन कांग्रेसको विशेष आधारक्षेत्र मधेस थियो। बिपी नेतृत्वमा रहेको नेपाल राष्ट्रिय कांग्रेसले मधेसलाई मजदुर आन्दोलनसँग जोडेको थियो। प्रजातान्त्रिक संघर्षको आन्दोलनलाई मधेसी जनतासँग संयोजन गर्न कांग्रेस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको भुमिका खेलेका थिए। विराटनगरको जुटमिलसहित कटन, राइस, तेल, सलाई, केमिकल लगायतका उद्योगमा कार्यरत हजारौं मजदुरमा कांग्रेसले आन्दोलनको चेत पसाएको थियो। 

वि.सं. २००३ माघ १२ र १३ मा राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन भएसँगै मजदुर आन्दोलन विराटनगरमा चर्केको थियो। मजदुरहरुद्वारा सञ्चालित आन्दोलनबाट कोइरालासहितका मजदुर नेतालाई प्रशासनले पक्राउ गरेको थियो। यसपछि मालिक र मजदुरको सम्बन्ध बिग्रियो। तर, मजदुरले कांग्रेसको साथ छोडेनन्। मजदुर आन्दोलन २००४ को बैशाखमा पुग्दा कांग्रेसको सत्याग्रह आन्दोलनसँग जोडियो। फलतः कांग्रेसको जग मधेस बन्न पुग्यो।

विराटनगरमा रहेका कोइराला परिवारमा भारतीय संग्रामको प्रभाव पर्‍यो। सामाजिक अभियन्ता समेत रहेका विराटनगरका कृष्णप्रसाद कोइरालाले भारतीय स्वतन्त्रता आन्दोलनमा गान्धीलाई समर्थन जनाए। समाज सुधारक कृष्णप्रसादसँग राजनीतिक चेत कम थियो। उनका छोरा बिपी कोइरालाले भारतीय स्वतन्त्रताको अनुशरण गरी नेपालमा प्रजातान्त्रिक आन्दोलन चर्काउने पहल गरे। 

विराटनगरको जुटमिलसहित कटन, राइस, तेल, सलाई, केमिकल लगायतका उद्योगमा कार्यरत हजारौं मजदुरमा कांग्रेसले आन्दोलनको चेत पसाएको थियो। 

बनारस, लखनउ, पटना र कलकत्तामा अध्ययनरत नेपालीले उनको सक्रियतालाई साथ दिए। ‘अध्ययन र आन्दोलन गरेका पुरानो पुस्ताले तयार गरेको आधारलाई नयाँ पुस्ताको साथले बलियो अवस्था बनेको थियो। यसले कांग्रेसलाई मधेसमा फैलन सहयोग पुग्यो,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले इतिहास स्मरण गरे।

त्यसो त, २००७ को जनक्रान्ति गर्ने निर्णय पनि मधेसमा नै गरिएको थियो। रौतहटको सीमाक्षेत्र बैरगनियाँमा बसेको बैठकबाट कांग्रेसले जनक्रान्ति गर्ने निर्णय गरेको थियो। यसका साथै मधेससँग जोडिने कांग्रेसको अर्को कदम वीरगञ्ज कब्जा पनि थियो। सन् १९५० नोभेम्बर २० मा कांग्रेसको मुक्तिसेना र राणा फौजबीच वीरगञ्जमा भीषण भिडन्त भएको थियो। पहिलोपटक कांग्रेस वीरगञ्जको आक्रमणमा सफल हुन सकेन। कांग्रेसका थिरबम मल्ल मारिए। दोश्रो पटकको आक्रमणमा वीरगञ्ज कब्जा भयो।

Ncell 2
Ncell 2

मधेसी जनतालाई आकर्षित गर्न सफल कांग्रेस त्यही आन्दोलनका आडले २०१५ सालको निर्वाचनमा अधिकांश सिट हात पारेको थियो। संस्थापक नेता बिपीले मोरङ क्षेत्र नं ३२ बाट निर्वाचन जितेका थिए। देशभरमा १०९ निर्वाचन क्षेत्रमा कांग्रेसले ७४ सिट सहित दुई तिहाइ सिटमा विजयी भएको थियो। 

कांग्रेस र मधेसको सम्बन्ध ऐतिहासिक रुपमा रहिआएको छ। मधेसका जिल्ला भारतसँग जोडिएका हुनाले पनि भारतीय स्वतन्त्रता आन्दोलनले राजनीतिक चेत तराई–मधेसमा पसेको थियो। भारतमा महात्मा गान्धीको आन्दोलन र तराईमा राजनीतिक चेत सँगसँगै आएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। 

कांग्रेसका पछि मधेस किन लाग्यो?
मजदुरका अगुवा गिरिजाप्रसाद कोइराला बनेका थिए। कोइरालाकै अध्यक्षतामा ‘विराटनगर मजदुर युनियन’ गठन गरिएको थियो। कोइरालाको नेतृत्वलाई मधेसी मूलका मजदुरहरुले सक्रिय समर्थन जनाए।  

जुटमिलमा कार्यरत मजदुरका पक्षमा कांग्रेसले आवाज उठाउन थालेपछि श्रमिकहरु कांग्रेससँग एकाकार हुन पुगे। अधिकांश मजदुर मधेसी मूलका थिए। सीमावर्ती भारतको जोगवनीमा रहेका मिलले दिएको सेवासुविधा विराटनगरमा कार्यरत मजदुरले पनि पाउनुपर्ने आवाज उठाउन थालेपछि कांग्रेस नै आशा र भरोसाको पार्टी भएको उनीको मनमा गढ्यो। 

लामो समय कांग्रेसमा रहेर बाहिरिएका जेपी गुप्ता भन्छन्, ‘कांग्रेसको जन्म प्रवासमा हुनुका साथै कठोर राणा शासन भएकाले संगठन विस्तार निर्बाध रूपमा गर्न सकेन।’ २००४ देखि २००७ सम्म भारतीय सीमा क्षेत्रमा कांग्रेसले संगठन विस्तारलाई जोड दिएको गुप्ता बताउँछन्। तीन वर्षको अवधिमा स्कुल, कलेजमा कांग्रेसको संगठन बनाइएको थियो। कारखानामा कांग्रेसले पकड जमाइसकेको थियो।

वनारसमा मूलतः पहाडी अनुहारका कांग्रेस नेताहरू अध्ययनका लागि पुगेका थिए। मधेसी मूलका नागरिक विशेष गरी लखनउ, पटना, कलकत्तालगायतका शहरमा काम र अध्ययनका लागि पुगेका थिए। प्रवासमा रहेकाहरु पैतृक थलोमा प्रवेश गरी आन्दोलनमा सक्रिय रहे। ‘राणाशासनको विरुद्धमा ठुलो मोर्चा विराटनगर, विरगन्ज, भैरहवा, नेपालगन्ज भए,’ गुप्ता भन्छन्। 

कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा नेपालगन्जमा डा त्रिवेणी प्रधानले सक्रिय भुमिका निर्वाह गरे। भैरहवामा काशीप्रसाद श्रीवास्तव, केआइ सिंह अग्रपङ्तिमा रहेर लडे। विराटनगरमा कोइराला परिवारले नै लडाईंको मोर्चा सम्हाल्यो। वीरगन्जमा थीरबम मल्ल र रामकुमार राईले मधेसबाट आन्दोलन उठाएका थिए। 

सप्तरी, जनकपुर लगायतका क्षेत्र कांग्रेससँग जोडिएर आन्दोलन गर्ने सहायक क्षेत्र बने। ‘आन्दोलनका लागि मधेसीलाई कांग्रेसले तयार गर्‍यो। कांग्रेसमा गहिरो छाप रहेका युवा पुस्ताले आन्दोलनलाई साथ दिए।’ गुप्ता विगत स्मरण गर्दै भन्छन्, ‘त्यसकै आधारमा २००७ को आन्दोलन सफल भयो।’ 

मधेसका जनताको 'मियो' बनेको कांग्रेसले उनीहरूको साथमा आन्दोलन अघि बढायो। आन्दोलन नै कांग्रेसका लागि मधेसको जग बन्यो।

भारतीय सीमा जोडिएका तराइ–मधेसका क्षेत्रमा अध्ययन गर्नेहरूको संख्या त्यस बेला तुलनात्मक रुपमा बढी रहेको थियो। अंग्रेज विरुद्धको आन्दोलनको छाप मधेसमा परेको थियो। त्यही छापलाई कांग्रेसले ‘क्याच’ गर्न सकेको थियो।

भारतसँग मधेसी जनताको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध कायम थियो। यो अझसम्म पनि कायमै छ। आर्थिक अवसर र पहिचानका लागि मधेसीले बिपी नेतृत्वको आन्दोलनलाई समर्थन जनाए। प्रारम्भमा भारतमै रहेका कांग्रेसका नेताहरुले मधेसमा प्रभाव जमाउन सुरु गरेका थिए। झापाका राजवंशी, सप्तरीका राजपुत साथै मधेसीमा रहेका सीमान्तकृतहरु कांग्रेससँग नजिकिए। भारत स्वतन्त्रताका लागि गान्धीको आन्दोलन जस्तै राणा शासनको विरुद्धमा नेपालमा बिपीलाई समर्थन गर्नुपर्ने निष्कर्षमा मधेसी समुदाय पुगे।

मधेसीलाई साथ लिन कांग्रेस नेतृत्वले चुकाएन। मधेसका जनताको 'मियो' बनेको कांग्रेसले उनीहरूको साथमा आन्दोलन अघि बढायो। आन्दोलन नै कांग्रेसका लागि मधेसको जग बन्यो। बिपीलाई जनकपुरमा बस्ने सरोज कोइराललाले साथ दिए। राणा विरोधी आन्दोलनमा सप्तरीका रामेश्वर सिंह, गजेन्द्रनारायण सिंह लगायतका मधेसी मूलका कांग्रेस नेताहरुले योगदान दिए। मोरङका चेतुलाल चौधरी र धनुषाका महेन्द्रनारायण निधिको राणा शासन विरुद्धको आन्दोलनमा विशेष सक्रियता रह्यो। 

शेख इद्री, राजनारायण मिश्रले पनि बिपीको अगुवाईमा भएको आन्दोलनलाई साथ दिए। आचार्य भन्छन्, ‘पार्टीको जग निर्माण नै त्याग, समर्पण र आन्दोलनबाट हुन्छ। इतिहाससँग कनेक्ट आन्दोलनसँग हुनैपर्छ। कांग्रेसका लागि मधेस त्यसै आधारमा जोडियो।’

अर्कोतिर नेपाली भएपनि मधेसीलाई पहिचानको संकट थियो। बिपी नेतृत्वलाई साथ दिएका खण्डमा मधेसी जनताको पहिचान स्थापित गर्न सकिने उनीहरूमा बुझाइ थियो। मधेसीप्रति काठमाडौंको हेराइबारे आचार्य भन्छन्, ‘मधेसीहरू धोती लाउँछन्। रोटी खान्छन्। भारतको सीमामा बस्छन्। तिनीहरू पनि नेपाली हुन सक्छन्? भन्ने सोचाइ थियो।’ पहाडी र शासकवर्गको हेपाहा प्रवृत्तिका कारण पनि मधेसीको हकका लागि बिपीलाई मधेसीले पछ्याएको आचार्यले दाबी गरे।

तत्कालीन समयमा मुख्यतः दुई पार्टी अस्तित्वमा थिए। कांग्रेस र गोर्खा परिषद्। यी दुई पार्टीको प्रभाव २०१५ सालको निर्वाचनको मत परिणामले पनि देखाउँछ। गोर्खा परिषद हुने/खानेको पार्टीका रूपमा परिचित थियो। त्यसैले मधेसका जनता गोर्खा परिषदप्रति आकर्षित भएनन्। गोर्खा परिषदले २०१५ सालको निर्वाचनमा मधेस बलियो उपस्थिति देखाउन नसकेको कुरा मत परिणामले पुष्टि गर्छ। 

पहाडी र शासकवर्गको हेपाहा प्रवृत्तिका कारण पनि मधेसीको हकका लागि बिपीलाई मधेसीले पछ्याएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ। 

पहाडी बाहुल्यता भएका स्थानबाट कम्युनिस्टले आन्दोलन सुरु गरेका थिए। जसलाई मधेसी जनताले आत्मसात गरेनन्। मधेसबाट कम्युनिस्ट आन्दोलन सुरु हुन नसक्दा कम्युनिस्ट नीतिप्रति मधेसमा झुकाव देखिएन। गुप्ता भन्छन्, ‘कम्युनिस्टको संगठन पनि थिएन। संगठन नहुनुमा कम्युनिस्ट नीति नै मधेसी जनतालाई मन नपर्नु हो।’ उनले थपे, ‘राजनीतिमा लाग्न चाहनेका लागि विकल्प अरू थिएन। कांग्रेसमै लागे।’ सशक्त पार्टी नहुनुको साथै उदीयमान पार्टी कांग्रेस नै देखिनुले मधेसी जनताले कांग्रेसलाई पछ्याए।

कांग्रेससँग जोडिएको मधेसले २००७ सालको क्रान्तिमा सक्रिय समर्थन जनायो। २०१५ सालको निर्वाचनमा पनि कांग्रेसलाई साथ दियो। पञ्चायती व्यवस्थामा पनि कांग्रेस मधेसमा कमजोर भएन। २०१७ पछि पञ्चायती व्यवस्था विरुद्धमा भएका गिरफ्तारी, निर्वासन मधेसबाट नै बढी भएका थिए।

पञ्चायतविरुद्ध प्रतिरोधात्मक आन्दोलन मधेसकेन्द्रित भएर नै कांग्रेसले सञ्चालन गर्‍यो। मधेसमा बस्ने मधेसी वा पर्वतीय मूलका दुवै समुदायले उत्तिकै कांग्रेसलाई साथ दिएको गुप्ताको बुझाइ छ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेट्राेलकाे मूल्य बढ्याे
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने भनिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ शुक्रबार, कात्तिक १४, २०८२
महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने भनिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
'मोन्था'को असर मधेश र कोशीमा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
आज यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्