कपिलवस्तु– हृदयाघातका कारण नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ।
वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको हो। मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा छन्। उनको शुक्रबार आज बिहान रामघाटमा दाहसंस्कार गरिने एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिए।
खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।