• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा नेता रावल भन्छन्- विदेशी सेनामा भर्ती गर्ने सम्झौताबाट देश मुक्त हुनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, साउन २८, २०७६  १९:३३
1140x725

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ना गर्ने सम्झौताबाट देशलाई मुक्त पार्नु पर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने भूपू गोर्खाहरुको न्यायोचित माग समेत सम्बोधन गरिनुपर्ने बताए। 

‘नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गरिने, नेपालको सार्वभौम सत्तामा आँच पुर्‍याउने निरुकुंश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्छ,’ उनले भने, ‘भूतपूर्व  गोर्खाका न्यायोचित आवाजाहरु सुनिनु पर्छ र त्यसलाई सम्बोधन गरिनुपर्छ । स्वाधिन लोकतान्त्रिक गणतन्त्रले यो काम गर्नै पर्छ।’ 

पूर्व रक्षामन्त्री समेत रहेका नेता रावले नेपाल कुनै पनि सामरिक किसिमको गठजोडमा सामेल हुन नहुने र बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता हुन नुहने बताए। 

‘कुनै पनि शक्ति राष्ट्रसंग कुनै पनि सामरिक किसिमको गठजोडको संविधानले अनुमति दिँदैन,’ रावलको भनाइ छ, ‘त्यस प्रकारको गठजोडमा लाग्नु नेपालको हितमा पनि छैन। यस सन्दर्भमा देशभित्र र बाहिर बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ।’

राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर  र भन्सार महसुल संकलनजस्ता संवदेशनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा राख्न नहुने भन्दै उनले  त्यसको सर्भर  नेपालमा र नेपाल सरकारकै माथहतमा राख्ने व्यवस्था गर्नुपर्ने बताए। 

यस्तो छ रावलले प्रतिनिधिसभाको विशेष समयमा राखेको मन्तव्यको संपादित अंश
नेपालकै छरछिमेक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा घटित घटनाक्रम तथा राजनीतिक परिस्थितिको गम्भीर रुपमा विश्लेषण गर्दै समय, काल  र अवस्था अनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुनु आवश्यक छ। 

विश्वका शक्ति सम्पन्न देशहरुले समेत आफ्नो राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानलाई अत्यधिक महत्व दिइरहेको स्थितिमा अस्थिर राजनीति र द्वन्द्वको स्थितिबाट भर्खरै नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले बदलिदो विश्व परिवेश, सैनिक र आर्थिक प्रतिस्पर्धाको वातावरणमा चनाखो भएर आफ्नो हितको रक्षा गरिरहनुपर्छ। 

नेपालको संविधानले निर्देशित गरेको र आफ्नै अनुभव, संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलमा आधारित  नीतिमा अडिग रहँदै पारस्पारिक सम्मान र हितको आधारमा परराष्ट्र नीति संचालन गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कुनै पनि शक्ति राष्ट्रसंग कुनै पनि सामरिक किसिमको गठजोडको संविधानले अनुमति दिँदैन। र, त्यस प्रकारको गठजोडमा लाग्नू नेपालको हितमा पनि  छैन। यस सन्दर्भमा देशभित्र र बाहिर बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ। 

प्राकृतिक विपदमा उद्धारका लागि  सहयोग गर्न सुरक्षा निकायबीच तालिम र सहयोगको आदान-प्रदान गर्न सकिने भएता पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुई पक्षीय  सैनिक अभ्यासमा पनि नेपाल अब सहभागी हुनुहुँदैन। 

नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गरिने र नेपालको सार्वभौम सत्तामा आँच पु¥याउने निरुकुंश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्छ। भूतपूर्व गोर्खाका न्यायोचित आवाजाहरु सुनिनु पर्छ र त्यसलाई सम्बोधन गरिनुपर्छ। स्वाधिन लोकतान्त्रिक गणतन्त्रले यो काम गर्नै पर्छ। 

विगतका निरुंकुश र अलोकतान्त्रिक सरकारले देशमाथि थोपरेका असमान र अपमानजनक सम्झौताहरुबाट देश र जनतालाई मुक्त गर्न आवश्य कूटनीतिक, राजनीतिक पाइला चाल्नुपर्छ। यति ठूलो बहुमत प्राप्त सरकार भइरहेको अवस्थामा नेपालका लागि यो एउटा अवसर हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर  र भन्सार महसुल संकलनजस्ता संवदेशनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा राखिनु हुन्न। त्यसको सर्भर  नेपालमा र नेपाल सरकारकै माथहतमा राख्ने व्यवस्था गरिनुपर्छ। 

माथिल्लो कर्णाली लगायत जलविद्युत आयोजना संचालन गर्न नेपाल  सरकार र विदेशी कम्पनी पक्ष भई हस्ताक्षरित बिकास आयोजना सम्झौतालाई दृढतासाथ कार्यन्वयन गर्नुपर्छ । सम्झौताका प्रावधान विपरित आयोजना कार्यन्वयन गर्न  ढिलो गर्न अनुचित अनुमति दिएर देशलाई क्षति पुर्‍याउने मौका कसैलाई पनि दिनुहुन्न। माथिल्लो कर्णालीको हकमा त्यस्तो भइरहेको छ । अब त्यो कुनै पनि हालतमा नविकरण गरिनुहुन्न। 

अन्तर्राष्ट्रिय कानुन र स्वतन्त्र देशबीचको सम्बन्ध संचालनका स्थापित मान्यतालाई अवलम्बन गर्दै अघि बढ्नुपर्छ। तर, गत असार महिनामा अछाम जिल्लाको बान्यगढी गाउँपालिकाको कार्यलयमा ३ जना भारतीय प्रहरीले निर्बाध प्रवेश गर्दै भारतीय महिलालाई भगाएर ल्याएको युवालाई गिरफ्तार गर्न खोजेको भन्दै त्यसरी प्रवेश गर्ने भारतीय प्रहरीलाई भारत विलासपुरका प्रहरी महानिरीक्षकले जारी गरेको लिखित निर्देशनमा कारबाहीका लागि उल्लेख गरिएका राज्यमा पञ्जाव, हरियाना, उडिसासँगै अछाम नेपाल भनेर लेखिएको छ। यो आपत्तिजनक छ। यो अस्वीकार्य छ। 

यस्ता गम्भीर विषयमा सरकार मौन रहने हो भने राष्ट्रिय सार्वभौम सत्तामा नै आघात पर्छ। अरु सार्वभौम सत्ता सम्पन्न देशहरुले आफ्नो राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र अखण्डता तथा जनताका लागि राजनीतिक व्यवस्था लगायतका विषयमा आफै निर्णय गर्ने गरेझैँ नेपालले पनि आफ्नो  बारेमा आफै निर्णय गर्ने अभ्यासलाई दृढताका साथ अनुसरण गर्नुपर्छ। 

साम्राज्यवाद र उपनिवेशको विगविगती रहेको समयमा समेत नेपाल स्वाधिन र स्वतन्त्र रहेको गौरवशाली इतिहासको सबैले स्मरण गरिरहनुपर्छ। कुनै पनि बाह्य दवाव र हस्तक्षेप नहोस भन्नका लागि सत्य निरुपण र मेलमिलाप आयोग तथा बेपत्ता व्यक्तिहरुको छानविन तथा आयेगका बाँकी कामहरु अबिलम्ब पूरा गरी द्वन्द्वकालीन अवस्थाको कुनै पनि रुप बाँकी रहन दिनुहुँदैन। यसतर्फ नेपाल सरकार र जिम्मेवार राजनीतिक दलका शीर्ष नेतृत्वको ध्यान जाओस्। 

नेपालको इतिहासमा नेपाली जनताको अध्यधिक मत र सर्मथन प्राप्त गरि नेपाल कम्युनिष्ट पार्टीको नेृत्वमा सरकार तथा ६ वटा प्रदेशमा सरकार संचालन गर्न पाएको ऐतिहासिक अवसरमा आफ्ना पूर्व घोषित नीति र कार्यक्रम अनुरुप देश र जनताका लागि दृढतासाथ अधिकतम उपयोग गरिनुपर्छ। यस सम्बन्धमा नागरिकता लगायत हाम्रो देशले लामो समयदेखि आफ्नो राष्ट्रिय हितको सुरक्षा गर्नका लागि आकंक्षा राख्दै आयौं त्यो आकांक्षालाई पुरा गर्नतर्फ यत्रो मत पाएको सरकार अघि बढ्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने
सम्बन्धित सामग्री
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्