नेपालगन्ज– बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तरस्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आइडल पब्लिक स्कुल विजयी भएको छ।
माघ ९ बाट कोहलपुरस्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको तेस्रो दिन आइडलले आदर्श उच्च मावि नेपालगञ्जलाई ४१ रनले पराजित गरेको हो।
टस जितेर ब्याटिङका लागि पहिले मैदानमा उत्रिएको आइडल माविले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो।
१ सय ३१ रनको लक्ष्य पछ्याएको आदर्श माविका खेलाडी रोशन घिमिरेले ३५ र अशोक रावलले १० रनबाहेक बाँकी खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
आदर्शलाई ८९ रनमै सीमित गराउने क्रममा आइडलका नुमन कुरैसीले ह्याट्रिक गर्दै ४ विकेट लिए। मकबाल र असिफ अन्सारीले २÷२ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याच नुमन कुरैसी घोषित भए।
प्रतियोगिताको विजेतालाई २१ हजार र उपविजेतालाई ११ हजार रुपैयाँसहित पुरस्कृत गरिने प्रतियोगिता आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।