काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको नाममा विदेशमा सम्पत्ति रहेको विषयमा उनको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डको हालैको दुबइ भ्रमणसँग जोडेर त्यहाँ प्रकाशका नाममा २१ अर्ब रहेको हल्ला चलेको थियो।
पार्टी एकताबाट अत्तालिएकाहरुले उक्त हल्ल चलाएको भन्दै प्रचण्ड सचिवालयले प्रकाशन नाममा विदेशमा बैंक खाता र सम्पत्ति भएको प्रमाणित गर्न चुनौती दिएको छ।
प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा प्रतापले विज्ञप्ति जारी गर्दै तथ्यहीन, अनर्गल र भ्रामक कुप्रचार गरिएको भन्दै भ्रमित नहुन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत प्रकाश दाहालका नाममा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यस्थित गर्न अध्यक्ष प्रचण्ड गएको भन्ने कुप्रचारको हाम्रो सचिवालय खण्डन र घोर भत्र्सना गर्दछ।
षड्यन्त्रपूर्ण र झुटा प्रचार गरिएको भन्दै त्यस्तो गर्नेलाई कारबाही गर्न सचिवालयले सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।