• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कृषि उद्यममा पूर्वलडाकु ऋषिरामको लगाव, भन्छन्- विगतमा राजनीति प्यारो, अहिले कृषि

64x64
नेपाल लाइभ मंगलबार, साउन २८, २०७६  १०:३२
1140x725

रोल्पा- तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गर्नुपूर्व सो पार्टी निकट विद्यार्थी संगठनको रोल्पा जिल्ला सचिव थिए ऋषिराम रोका। उनको कमिटीमा सदस्य थिइन् पूर्वसभामुख ओनसरी घर्तीमगर।

समयको खेल न हो, राजनीतिक यात्रा सँगै सुरु गरेर १० वर्षसम्म पनि सँगसँगै संघर्षमा होमिएका यी दुवैमध्ये ऋषिराम रोकालाई लाभको पदको कहिल्यै अवसर आएन। उनीसँगै राजनीतिक यात्रामा रहेकी ओनसरी भने पटक-पटक सांसद, मन्त्री अनि देशकै व्यवस्थापिका प्रमुख हुने अवसर समेत पाइन्। राजनीतिक सहयात्री ओनसरी देशको विशिष्ट पदमा आसिन भइरहँदा ऋषिराम भने खेतबारीमा पसिना बगाउँदै कृषि कर्ममा रमाउँदै थिए।

000

१० वर्षसम्म सशस्त्र संघर्षमा होमिएका उनी शान्ति प्रक्रियाका सुरुवाती केही वर्ष पार्टीको पूर्णकालिन कार्यकर्ताकै रुपमा रहे। पार्टी शान्ति प्रक्रियामा आएपछि कार्यकर्ताहरुलाई आत्मनिर्भर हुनुपर्ने अवस्था आयो।तर, सुरुवाती समयमा त ऋषिरामले के गर्ने भन्ने भेउ पाउनै सकेनन्। सामुदायिक रेडियो स्थापना गरेर सञ्चालन गर्ने सोचका साथ उनले रेडियो दर्ता गरे। माण्डवी बहुउद्धेश्यीय सहकारी संस्थाको नाममा दर्ता गरेको सामुदायिक रेडियो जलजलाको उनले मुख्य जिम्मेवारी लिँदै संञ्चालनमा पनि ल्याए। करिब ३० लाख रुपैयाँ लगानी गरिएको रेडियोमा ऋषिरामको ४ लाख रुपैयाँको हिस्सेदारी थियो। तर, समयक्रमसँगै सेयर साझेदार साथीहरुसँग एकमत नभएपछि उनी त्यहाँबाट बाहिरिए।

आफन्तसँग मिलेर औषधि पसल सञ्चालन पनि गरे उनले। सुलिचौरमा सञ्चालन आएको उक्त औषधि पसल पनि लामो समय चल्न सकेन। एकपछि अर्को काममा सफलता नमिलेपछि उनी पुनः लिबाङ फर्किए र सुरु गरे कुखुरापालन व्यवसाय। त्यो पनि उनलाई फलिफाप हुन सकेन। केही वर्ष कुखुरापालन गरेका उनले त्यसमा पनि घाटा व्यहोरे।

उनमा स्वावलम्बी बन्नुपर्छ भन्ने सोच मरेको थिएन। यही सोचको टेको लाग्दै उनले नर्सरी स्थापना गर्न आफ्नो समय, लगानी र सिप खर्चिए। कृषि वन नर्सरीका लागि तयारी चल्दै गर्दा उनी अर्कोतर्फ पनि गाँसिन चाहे। बाउबाजेले गरेको पेशा कृषिमा रमाउने सोच जाग्यो उनलाई। यद्यपि भएको पैसा सबै सकिएको थियो। अब कसरी पैसा जुटाउने? केही समय निकै तनावमा रहे उनी। सुरुवातमा कृष्णबहादुर महरा (सभामुख)को बाँझो रहेको जग्गामा खनजोत गरेर टमाटर खेती सुरु गरे। लामो समयदेखि बाँझो रहेका कारण जग्गाको भाडा तिर्नुपर्ने भएन उनलाई। आर्थिक जुटाउन अप्ठेरो परिरहेको बेला यसले थोरै भए पनि उनलाई राहत मिल्यो। टमाटर खेतीबाट पहिलो वर्ष घरव्यवहार चलाउन पुग्ने पैसा आम्दानी गरे।

अर्कोतर्फ नर्सरी स्थापनाको लागि जिल्लास्थित कृषि र वन कार्यालयबाट तालिम लिएर आफ्नो क्षमता विकास गरे।

बिस्तारै आम्दानी हुन थालेपछि नर्सरीको फैलावट र व्यवस्थापनका लागि भन्दै कृषि विकास बैंकबाट १० लाख रुपैयाँको कर्जा लिए। नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैंची, किवी, राई खनियो लगायत प्रजातिका बिरुवाहरु उत्पादन हुने रोकाले बताए। जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैंची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गरेका उनको नर्सरीमा उत्पादित बिरुवा कृषि विकास कार्यालयले नै खरिद गर्ने गरेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

कृषि वन नर्सरी स्थापनापछि वार्षिक ३/४ लाख रुपैयाँ आम्दानी हुन थाल्यो।

आम्दानी हुँदै जान थालेपछि उनले १३ लाखमा १ कित्ता र ५ लाखमा अर्को कित्तासमेत गरी १८ लाख रुपैयाँको जग्गा खरिद गरेको बताउँछन्। ऋषिरामले अहिलेसम्म व्यवसाय सुरु गर्नुपूर्व लिएको ऋण पनि चुक्ता गरिसकेका छन्।

नर्सरी, तरकारी खेतीसँगै उनले हाल स्वीटर उद्योगसमेत सञ्चालनमा ल्याएका छन्। नेपाल बैंकबाट १० लाख कर्जा र व्यक्तिगत ४ लाख गरी १४ लाख रुपैयाँ उक्त उद्योगमा लगानी भइसकेको उनले जानकारी दिए। 'स्वचालित स्वीटर बुन्ने मेसिनसमेत जडान गरी सेवा आरम्भ गरिएको छ,' सफलताको सिंढी चढ्दै गरेका उनमा सन्तुष्टिको भाव झल्किन्थ्यो।

केही समयमै पूर्ण क्षमतामा स्वीटर बुन्ने मेसिन सञ्चालनमा आउने उनको भनाइ छ।

अर्कोतर्फ कृषि वन नर्सरीबाटै वार्षिक करिब १४ लाख रुपैयाँ आम्दानी हुने ऋषिराम बताउँछन्। नर्सरीमा हालसम्म आफ्नो र दाजुका परिवारका सदस्यले काम गर्दै आएकोमा अब भने जनशक्तिसमेत थप गर्ने योजनामा छन् उनी। '२/४ जनालाई रोजगारी दिन सकिने गरी लगानी बढाएको छु,' रोकाले थपे, 'माटो ढुवानी गर्ने, बिरुवाको थैलो भर्नेजस्ता अल्पकालीन काममा भने छिमेकीहरुलाई रोजगारी दिँदै आएको छु।'

जिल्लाका विभिन्न गाउँपालिकाका अलावा सल्यान, प्युठान, दैलेखलगायतका जिल्लाबाट समेत विरुवाको माग आए पनि आफ्नो उत्पादनले रोल्पालाई मात्र धानेको ऋषिरामको भनाइ छ। 'लगानी वृद्धि गरेर माग अनुसारको उत्पादन दिने योजना छ,' उनले भने, 'नर्सरीको अध्ययन र अवलोकनका लागि कृषक, कृषिका विद्यार्थीका साथै जिल्ला भित्रका विशिष्ट व्यक्तिहरु समेत आउनुहुन्छ। यस्तो बेला आनन्द महसुस हुन्छ।'

000

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपूर्व नेकपा (माओवादी केन्द्र) रोल्पाका उपाध्यक्ष रहेका उनी नेकपा बनेपछि भने अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य छन्।

माओवादी सशस्त्र संघर्षको दश वर्ष पूर्णकालिन कार्यकर्ता रहेका उनले अचेल कृषि पेसालाई पहिलो र राजनीतिलाई दोश्रो प्राथमिकतामा राखेको बताए। 'विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारो लाग्ने गरेको छ,' यसो भन्दै गर्दा उनी प्रफुल्ल मुद्रामा देखिए।

पछिल्लो पटक पार्टीमा त्याग, तपस्या र बलिदानको भन्दा नातावाद, कृपावाद र अवसरवादको बोलवाला बढेकोमा भने उनी सन्तुष्ट छैनन्। विगतको माओवादी मूल्यमान्यता अव सम्झनुबाहेक उनका लागि अर्को विकल्प छैन।

जिल्लामा रोजगारीको अवसर नभएको भन्दै ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन्। यसले उनलाई सहज अनुभूति हुँदोरहेनछ। र त गाउँघर करिब-करिब युवाविहीन हुन थालेको बेला ऋषिराम रोका भने स्वदेशमै केही गर्न सकिन्छ भनेर लागेका छन्। यसतर्फ स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्