• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कृषि उद्यममा पूर्वलडाकु ऋषिरामको लगाव, भन्छन्- विगतमा राजनीति प्यारो, अहिले कृषि

64x64
नेपाल लाइभ मंगलबार, साउन २८, २०७६  १०:३२
1140x725

रोल्पा- तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गर्नुपूर्व सो पार्टी निकट विद्यार्थी संगठनको रोल्पा जिल्ला सचिव थिए ऋषिराम रोका। उनको कमिटीमा सदस्य थिइन् पूर्वसभामुख ओनसरी घर्तीमगर।

समयको खेल न हो, राजनीतिक यात्रा सँगै सुरु गरेर १० वर्षसम्म पनि सँगसँगै संघर्षमा होमिएका यी दुवैमध्ये ऋषिराम रोकालाई लाभको पदको कहिल्यै अवसर आएन। उनीसँगै राजनीतिक यात्रामा रहेकी ओनसरी भने पटक-पटक सांसद, मन्त्री अनि देशकै व्यवस्थापिका प्रमुख हुने अवसर समेत पाइन्। राजनीतिक सहयात्री ओनसरी देशको विशिष्ट पदमा आसिन भइरहँदा ऋषिराम भने खेतबारीमा पसिना बगाउँदै कृषि कर्ममा रमाउँदै थिए।

000

१० वर्षसम्म सशस्त्र संघर्षमा होमिएका उनी शान्ति प्रक्रियाका सुरुवाती केही वर्ष पार्टीको पूर्णकालिन कार्यकर्ताकै रुपमा रहे। पार्टी शान्ति प्रक्रियामा आएपछि कार्यकर्ताहरुलाई आत्मनिर्भर हुनुपर्ने अवस्था आयो।तर, सुरुवाती समयमा त ऋषिरामले के गर्ने भन्ने भेउ पाउनै सकेनन्। सामुदायिक रेडियो स्थापना गरेर सञ्चालन गर्ने सोचका साथ उनले रेडियो दर्ता गरे। माण्डवी बहुउद्धेश्यीय सहकारी संस्थाको नाममा दर्ता गरेको सामुदायिक रेडियो जलजलाको उनले मुख्य जिम्मेवारी लिँदै संञ्चालनमा पनि ल्याए। करिब ३० लाख रुपैयाँ लगानी गरिएको रेडियोमा ऋषिरामको ४ लाख रुपैयाँको हिस्सेदारी थियो। तर, समयक्रमसँगै सेयर साझेदार साथीहरुसँग एकमत नभएपछि उनी त्यहाँबाट बाहिरिए।

आफन्तसँग मिलेर औषधि पसल सञ्चालन पनि गरे उनले। सुलिचौरमा सञ्चालन आएको उक्त औषधि पसल पनि लामो समय चल्न सकेन। एकपछि अर्को काममा सफलता नमिलेपछि उनी पुनः लिबाङ फर्किए र सुरु गरे कुखुरापालन व्यवसाय। त्यो पनि उनलाई फलिफाप हुन सकेन। केही वर्ष कुखुरापालन गरेका उनले त्यसमा पनि घाटा व्यहोरे।

उनमा स्वावलम्बी बन्नुपर्छ भन्ने सोच मरेको थिएन। यही सोचको टेको लाग्दै उनले नर्सरी स्थापना गर्न आफ्नो समय, लगानी र सिप खर्चिए। कृषि वन नर्सरीका लागि तयारी चल्दै गर्दा उनी अर्कोतर्फ पनि गाँसिन चाहे। बाउबाजेले गरेको पेशा कृषिमा रमाउने सोच जाग्यो उनलाई। यद्यपि भएको पैसा सबै सकिएको थियो। अब कसरी पैसा जुटाउने? केही समय निकै तनावमा रहे उनी। सुरुवातमा कृष्णबहादुर महरा (सभामुख)को बाँझो रहेको जग्गामा खनजोत गरेर टमाटर खेती सुरु गरे। लामो समयदेखि बाँझो रहेका कारण जग्गाको भाडा तिर्नुपर्ने भएन उनलाई। आर्थिक जुटाउन अप्ठेरो परिरहेको बेला यसले थोरै भए पनि उनलाई राहत मिल्यो। टमाटर खेतीबाट पहिलो वर्ष घरव्यवहार चलाउन पुग्ने पैसा आम्दानी गरे।

अर्कोतर्फ नर्सरी स्थापनाको लागि जिल्लास्थित कृषि र वन कार्यालयबाट तालिम लिएर आफ्नो क्षमता विकास गरे।

बिस्तारै आम्दानी हुन थालेपछि नर्सरीको फैलावट र व्यवस्थापनका लागि भन्दै कृषि विकास बैंकबाट १० लाख रुपैयाँको कर्जा लिए। नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैंची, किवी, राई खनियो लगायत प्रजातिका बिरुवाहरु उत्पादन हुने रोकाले बताए। जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैंची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गरेका उनको नर्सरीमा उत्पादित बिरुवा कृषि विकास कार्यालयले नै खरिद गर्ने गरेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

कृषि वन नर्सरी स्थापनापछि वार्षिक ३/४ लाख रुपैयाँ आम्दानी हुन थाल्यो।

आम्दानी हुँदै जान थालेपछि उनले १३ लाखमा १ कित्ता र ५ लाखमा अर्को कित्तासमेत गरी १८ लाख रुपैयाँको जग्गा खरिद गरेको बताउँछन्। ऋषिरामले अहिलेसम्म व्यवसाय सुरु गर्नुपूर्व लिएको ऋण पनि चुक्ता गरिसकेका छन्।

नर्सरी, तरकारी खेतीसँगै उनले हाल स्वीटर उद्योगसमेत सञ्चालनमा ल्याएका छन्। नेपाल बैंकबाट १० लाख कर्जा र व्यक्तिगत ४ लाख गरी १४ लाख रुपैयाँ उक्त उद्योगमा लगानी भइसकेको उनले जानकारी दिए। 'स्वचालित स्वीटर बुन्ने मेसिनसमेत जडान गरी सेवा आरम्भ गरिएको छ,' सफलताको सिंढी चढ्दै गरेका उनमा सन्तुष्टिको भाव झल्किन्थ्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही समयमै पूर्ण क्षमतामा स्वीटर बुन्ने मेसिन सञ्चालनमा आउने उनको भनाइ छ।

अर्कोतर्फ कृषि वन नर्सरीबाटै वार्षिक करिब १४ लाख रुपैयाँ आम्दानी हुने ऋषिराम बताउँछन्। नर्सरीमा हालसम्म आफ्नो र दाजुका परिवारका सदस्यले काम गर्दै आएकोमा अब भने जनशक्तिसमेत थप गर्ने योजनामा छन् उनी। '२/४ जनालाई रोजगारी दिन सकिने गरी लगानी बढाएको छु,' रोकाले थपे, 'माटो ढुवानी गर्ने, बिरुवाको थैलो भर्नेजस्ता अल्पकालीन काममा भने छिमेकीहरुलाई रोजगारी दिँदै आएको छु।'

जिल्लाका विभिन्न गाउँपालिकाका अलावा सल्यान, प्युठान, दैलेखलगायतका जिल्लाबाट समेत विरुवाको माग आए पनि आफ्नो उत्पादनले रोल्पालाई मात्र धानेको ऋषिरामको भनाइ छ। 'लगानी वृद्धि गरेर माग अनुसारको उत्पादन दिने योजना छ,' उनले भने, 'नर्सरीको अध्ययन र अवलोकनका लागि कृषक, कृषिका विद्यार्थीका साथै जिल्ला भित्रका विशिष्ट व्यक्तिहरु समेत आउनुहुन्छ। यस्तो बेला आनन्द महसुस हुन्छ।'

000

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपूर्व नेकपा (माओवादी केन्द्र) रोल्पाका उपाध्यक्ष रहेका उनी नेकपा बनेपछि भने अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य छन्।

माओवादी सशस्त्र संघर्षको दश वर्ष पूर्णकालिन कार्यकर्ता रहेका उनले अचेल कृषि पेसालाई पहिलो र राजनीतिलाई दोश्रो प्राथमिकतामा राखेको बताए। 'विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारो लाग्ने गरेको छ,' यसो भन्दै गर्दा उनी प्रफुल्ल मुद्रामा देखिए।

पछिल्लो पटक पार्टीमा त्याग, तपस्या र बलिदानको भन्दा नातावाद, कृपावाद र अवसरवादको बोलवाला बढेकोमा भने उनी सन्तुष्ट छैनन्। विगतको माओवादी मूल्यमान्यता अव सम्झनुबाहेक उनका लागि अर्को विकल्प छैन।

जिल्लामा रोजगारीको अवसर नभएको भन्दै ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन्। यसले उनलाई सहज अनुभूति हुँदोरहेनछ। र त गाउँघर करिब-करिब युवाविहीन हुन थालेको बेला ऋषिराम रोका भने स्वदेशमै केही गर्न सकिन्छ भनेर लागेका छन्। यसतर्फ स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्