क्विन्सटाउन- आइसिसी यू-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा चिरपरिचत प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने भएका छन्। अर्को सेमिफाइनलमा अफगानिस्तान र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।
शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा बंगलादेशलाई १ सय ३१ रनले पराजित गर्दै भारतले अन्तिम चारमा पाकिस्तानसँग भेट पक्का गरेको हो। शुक्रबार भारतले पहिले ब्याटिङ गर्दै २६५ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको बंगलादेश १ सय ३४ रनमै अलआउट भयो।
अब भारत र पाकिस्तानबीच आगामी मंगलबार क्राइस्टचर्चमा खेल हुनेछ।
यसअघि पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।
अफगानिस्तानले भने आयोजक न्युजिल्यान्डलाई २ सय २ रनले पराजित गर्दा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।
अफगानिस्तान र अस्ट्रेलियाबीच भने सोमबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।