काठमाडौं- बिहिबार र शुक्रबार राजधानीमा भएका दुई दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला पेट्रोल पम्प नजिक बा.३ख ३४१६ नम्बरको टिपरले शुक्रबार पैदल यात्री पुरुषलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको नाम खुल्न सकेको छैन।
त्यस्तै ललितपुर महानगरपालिका–२ धोबीघाट स्थित लु.१ख ८७३७ नम्बरको ट्रकले बा.६७प ३१३४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिदाँ मोटरसाइकल चालक मकवानपुरको दामन बस्ने ३१ बर्षीय धनबीर जंग घाइते भएकोले उपचारको लागी मेघा अस्पताल धोबीघाट पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।